सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गाउँको सुरक्षाका लागि ‘झाँक्री मेला’ (फोटो फिचर)

२०८२ श्रावण ४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  मध्यपहाडी लोक मार्गको सामीप्य । ढुङ्गा र माटोबाट बनेको बाक्ला बस्ती । अग्ला पहाडको बिचमा रहेको छ–रुकुमपूर्व भूमे गाउँपालिका–१ लुगुम गाउँ । यसै गाउँमा हरेक वर्षको साउनको पहिलो हप्ता एक दिन झाँक्री मेला लाग्ने गरेको छ । यस वर्ष लुगुम गाउँमा शनिवार झाँक्रीको मेला लागेको हो । 

धामी–झाँक्री रूढिवादी र अन्धविश्वास जीवन पद्धति हो । तर यहाँका लागि भने मौलिक संस्कृति हो । गाउँछेउको पूर्वतिर अवस्थित चौतारामा अग्ला धुपी सल्लाका रूख छन्, तिनै धुपी सल्ला भएका ठाउँमा भेला हुन्छन् गाउँभरका झाँक्री । अनि लाग्ने गरेको छ झाँक्री मेला । 

परापूर्व कालदेखि नै लुगुमका झाँक्री जम्मा भएर मेला लाग्ने गरेको छ । साउनको १ र २ गते छाडेर मङ्गलबार वा शनिवार मध्ये जुन बार अघि आउँछ उक्त बारमा झाँक्री मेला आयोजना गर्ने प्रचलन रहेको भूमे–१ का वडाध्यक्ष मनकाजी पुनमगरले जानकारी दिनुभयो । यस वर्ष शनिवार अघि आएकोले शनिवार झाँक्री मेला लागेको वडाध्यक्ष पुनमगरले बताउनुभयो । 

परापूर्वकालमा ‘काना सुरपाङ्गे’ नामक प्राकृतिक भूतको आत्मा रहेको बताइएको छ । उक्त आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेलाई सताउने गरेको किंवदन्ती छ । लुगुमका राममाया घर्तीका अनुसार गाउँमा भूतले धेरै नै सताउन थालेपछि दिक्क भएर त्यस बेलाका रामजाली घर्ती मगरले सो भूतको आत्मालाई माटोमा छोपेको र त्यसबाट ब्युँझिन नदिन प्रत्येक वर्ष झाँक्रीको मेला लाग्ने गरेको छ । 

झाँक्री मेला विशेष गरी गाउँवासीको सुरक्षा अर्थात् अनिष्टबाट जोगाउन हरेक वर्ष साउनको पहिलो हप्ताको एक दिन मेला लाग्ने गरेको भूमे–१ लुगुमका मनप्रसाद पुनमगरले बताउनुभयो । पुनमगरले भन्नुभयो, “हिउँदयाम भन्दा वर्षा याममा प्राकृतिक प्रकोपका घटना धेरै हुने गर्दछ । उक्त प्रकोपबाट गाउँवासीको सुरक्षा गर्न झाँक्री मेला लाग्ने गरेको छ ।” गाउँवासीको सुरक्षाका लागि मेला मार्फत झाँक्रीले गाउँको चारैतर्फ तन्त्रमन्त्र गर्ने गरेको पुनमगरले सुनाउनुभयो । 

लुकुम गाउँमा मात्रै करिब ७० जना झाँक्री छन् । यी सबै झाँक्री एकै साथ झाँक्री मेलामा नाच्ने गरेका छन् । झाँक्रीको आफ्नै पोसाक र ढ्याङ्ग्रो भाँडासहित नाच्ने गरेकाले यसलाई रोचक मेला मानिँदै आएको छ । मेला हेर्न स्थानीयवासीको साथै बाहिरबाट पनि उत्तिकै दर्शक आउने गरेका छन् । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना