काठमाण्डौः टिकटकबाट उदाएकी, झन्डै डेढ सय म्युजिक भिडिओबाट चर्चामा आएकी मोडल गरिमा शर्माले फिल्म ‘लण्डन टु पेरिस’मार्फत डेब्यु गर्दा धेरै अपेक्षा राखेकी थिइन्। तर, पहिलो फिल्ममै फ्लप भयो।

त्यसपछि पनि ‘वर एण्ड बधु’ र ‘ह्रस्व दीर्घ’मा गरिमा सहायक भूमिकामै देखीइन्। यी दुवै फिल्म फ्लप भए। त्यसपछि ‘जन्ते बाख्रो’ मार्फत् लिड रोलमा ठूलो पर्दा इन्ट्री गरेकी गरिमाको लागि त्यो पनि फापेन।
त्यसपछि बिरक्तिकी उनी अहिले अमेरिका घुमफिरमा ब्यस्त छिन्। गतसाता उनी दक्षिणवर्ती अमेरिकी राज्य फ्लोरिडाको सहर मियामी पुगेकी हुन्। मियामी पुगेर उनले आकर्षक र हट फोटो सेयर गरिरहेकी छन्।

‘मियामीका रङहरूमा अझै पनि सपना देख्दै’ क्याप्सनसहित उनले हट फोटोहरू सेयर गरेकी छन्। जहाँ उनलाई सेतो क्रेसे क्रप टप र कम्मरमा डेनिम सर्ट्समा देखिन्छ। जे होस्, फोटोकै कारण भए पनि उनी चर्चामा आइरहन्छिन्।

