सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली सेनासँग सहकार्य गर्न उपरथी नेतृत्वको अमेरिकी टोली नेपाल भ्रमणमा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यावसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ । सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन् ।

नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्ड अन्तर्गतको युएस आर्मी टोली नेपाल भ्रमणमा आएको हो । दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ ।

जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ । शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापन लगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ।

प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए । शहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ। नेपाली सेना र अमेरिकी सेनाले गर्दै आएको सैनिक कारवाही (मिलेटरी अप्रेसन) का विषयका बारेमा अनुभव आदन प्रदान हुनेछ।

अमेरिकी सेनाले नेपाली सेनालाई गर्दै आएको सहयोगका बारेमा समेत छलफल हुनेछ । अघिल्लो वर्ष जेठ २३ बाट दुई दिनसम्म पहिलो पटक ल्याण्ड फोर्स टक सञ्चालन भएको थियो । अहिले हुन लागेको त्यसको दोस्रो संस्करण हो । रक्षा प्रवक्ता सन्तबहादुर सुनारले अमेरिकी र नेपाली सैनिक अधिकारीबीच शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने बताए । यो खबर अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य

७६ जिल्लामा फैलियो डेंगु, १५ जनाको मृत्यु हुँदा पनि सरकार उदासीन

इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

सर्वोच्चले सोध्यो: माधव र बाबुराममाथि मुद्दा किन नचलाएको ?

संघमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

निकुञ्ज खतरामा पार्न वनमन्त्री नै सक्रिय !

कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव

चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

वन्यजन्तुको असफल स्थानान्तरण

सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

‘न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’