सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली सेनासँग सहकार्य गर्न उपरथी नेतृत्वको अमेरिकी टोली नेपाल भ्रमणमा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यावसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ । सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन् ।

नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्ड अन्तर्गतको युएस आर्मी टोली नेपाल भ्रमणमा आएको हो । दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ ।

जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ । शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापन लगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ।

प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए । शहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ। नेपाली सेना र अमेरिकी सेनाले गर्दै आएको सैनिक कारवाही (मिलेटरी अप्रेसन) का विषयका बारेमा अनुभव आदन प्रदान हुनेछ।

अमेरिकी सेनाले नेपाली सेनालाई गर्दै आएको सहयोगका बारेमा समेत छलफल हुनेछ । अघिल्लो वर्ष जेठ २३ बाट दुई दिनसम्म पहिलो पटक ल्याण्ड फोर्स टक सञ्चालन भएको थियो । अहिले हुन लागेको त्यसको दोस्रो संस्करण हो । रक्षा प्रवक्ता सन्तबहादुर सुनारले अमेरिकी र नेपाली सैनिक अधिकारीबीच शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने बताए । यो खबर अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम

सर्वोच्चमा शक्तिसंघर्षको उत्कर्ष

संसदमा संविधानविपरीत बहस

विभाजनको डिलमा कांग्रेस

सर्वोच्चद्वारा आफ्नै नजिर बदर

गुण्डु संवादपछि विद्या भण्डारीको ‘कमब्याक’

सरकारका निर्णय धमाधम सर्वोच्चबाट उल्टिँदै

निर्वाचनको समीक्षा छल्दै एमाले नेतृत्व

स्थानीय तहको पुनर्संरचना तयारी

सिंहदरबारकै जग्गा अतिक्रमण