सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सर्वोच्चमा मुद्दाको चाप घटाउन क्षेत्राधिकार कटौतीको प्रस्ताव

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउन अदालतको क्षेत्राधिकार नै कटौती गर्नुपर्ने राय प्रस्तुत भएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ‘न्याय प्रशासन सुधारसम्बन्धी अध्ययन समिति’ले यस्तो राय प्रस्तुत गरेको हो ।

अदालत प्रशासनमा बुझाइएको प्रतिवेदनमा सर्वोच्च अदालतको क्षेत्राधिकारमा रहेका केही विवादसम्बन्धी विषय उच्च तथा जिल्ला अदालतबाटै अन्तिम निरूपण हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । यसो गर्दा सर्वोच्च अदालतको क्षेत्राधिकार कटौती हुँदा उच्च तथा जिल्ला अदालतको अधिकार विस्तार हुनेछ ।

सर्वोच्चमा पुग्ने मुद्दाका विषय सीमित गर्दै अधिकांश विवादको अन्तिम निरूपण तल्ला अदालतबाटै हुने व्यवस्था गर्न दिइएको सुझावसहितको प्रतिवेदन कार्यान्वयनमा लैजानेबारे छलफल चलिरहेको अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतमा करिब २९ हजार मुद्दा विचाराधीन छन् । सर्वोच्चमा २९ हजार मुद्दा विचाराधीन हुँदा एक न्यायाधीशको जिम्मामा औसत १ हजार ५ सयभन्दा बढी मुद्दा रहन्छ ।

यस्तो तथ्यांक रहेको पृष्ठभूमिमा अदालतबाट न्याय सम्पादनमा ढिलाइ भइरहेको भनेर अदालतको क्षेत्राधिकारको विषयमा समेत अध्ययन भएको हो । अध्ययनअनुसार अगाडि बढे सर्वोच्च अदालतलाई संवैधानिक तथा कानुनको व्याख्या, महत्त्वपूर्ण नजिर विकास, मौलिक हक र सार्वजनिक महत्त्वका जटिल कानुनी प्रश्न निरूपणमा केन्द्रित गर्न समितिले सुझाव दिएको छ ।

प्रधानन्यायाधीश मनोज शर्माले गत असार ४ गते न्याय प्रशासन सुधारसम्बन्धी अध्ययन समिति गठन गरेका थिए । न्यायाधीश ढुंगानाको संयोजकत्वमा गठित उक्त अध्ययन समितिमा सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेल र नृपध्वज निरौला, पाटन उच्च अदालतका न्यायाधीश वासुदेव न्यौपाने तथा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्ट सदस्य थिए । यो समितिले गत असोजमा आफ्नो रायसहितको प्रतिवेदन बुझाएको हो ।

समितिले अदालतहरूको क्षेत्राधिकारमा रहेको दोहोरोपन र अस्पष्टता हटाउन पनि भनेको छ । अधिकांश मुद्दाको अन्तिम निरूपण तल्ला अदालतबाटै हुने व्यवस्था गर्न सकिने राय प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘विद्यमान लचिलो र व्यापक अधिकारक्षेत्रका कारणले सर्वोच्च अदालतमा सानातिना मुद्दामा पुनरावेदन दायर हुने, दुई तहसम्म फैसला भई पुनरावेदनको रोहबाट अन्तिम भएका मुद्दामा समेत दोहोर्‍याई हेरिपाऊँ निवेदन र कतिपय अवस्थामा रिट दायर हुने गरेका कारण कार्यचाप दिनानुदिन बढ्न गएको अवस्था पाइयो ।’

यस्तो अवस्थाले सर्वोच्च अदालतको मुख्य संवैधानिक भूमिका नै ओझेलमा पर्ने अवस्था सिर्जना भएको भएको भन्दै सर्वोच्च अदालतको क्षेत्राधिकार कटौती गर्ने र उच्च तथा जिल्ला अदालतको अधिकार विस्तार हुनेछ ।

संविधान संशोधन गर्न सुझाव

अध्ययन समितिले संविधानको धारा १३७ संशोधन गर्न सुझाएको छ । संविधानको धारा १३७ मा सर्वाेच्च अदालतमा एक संवैधानिक इजलास रहने व्यवस्था छ ।

यसमा संशोधन गरेर संवैधानिक इजलासले सुनुवाइ गर्ने केही विवाद उच्च अदालतमा सार्न प्रस्ताव गरेको गरिएको छ । प्रदेशसभा निर्वाचन र उम्मेदवारको अयोग्यतासम्बन्धी विवाद तथा स्थानीय तहका सभा र प्रदेशसभाले बनाएका कानुनको न्यायिक पुनरावलोकन सम्बन्धित उच्च अदालतबाटै हुने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

ती विवाद निरूपण गर्न उच्च अदालतमा तीन न्यायाधीशको विशेष इजलास गठन गर्नुपर्ने प्रस्ताव छ । यसबाट प्रदेशस्तरका विवाद प्रदेशमै निरूपण हुने र सर्वोच्च अदालतको संवैधानिक इजलास राष्ट्रिय महत्त्वका संवैधानिक प्रश्नमा केन्द्रित हुन सक्ने समितिको निष्कर्ष छ ।

संविधानले सर्वोच्च र उच्च अदालतलाई समानान्तर रिट अधिकारक्षेत्र दिएको भए पनि अधिकांश रिट सर्वोच्चमै दर्ता हुने अभ्यास अन्त्य गर्न समितिले सुझाव दिएको हो । प्रदेशस्तरका कार्यालय वा पदाधिकारीविरुद्धका रिट सम्बन्धित उच्च अदालतबाटै निरूपण हुने व्यवस्था गर्ने गरी संविधान संशोधन समितिले प्रस्ताव गरेको हो ।

यसैगरी, समितिले पाँच वर्षभन्दा कम कैद सजाय भएका, २५ लाख रुपैयाँभन्दा कम जरिवाना वा एक करोड रुपैयाँभन्दा कम बिगो भएका मुद्दा उच्च अदालतबाटै अन्तिम हुने गरी कानुन संशोधन गर्न सुझाव दिएको छ ।

हाल न्याय प्रशासन ऐनअनुसार तीन वर्षभन्दा बढी कैद, पाँच लाख रुपैयाँभन्दा बढी जरिवाना र २५ लाख रुपैयाँभन्दा बढी बिगो भएका मुद्दामा उच्च अदालतले सुरुको फैसला आंशिक वा पूर्ण बदर गरेमा सर्वोच्चमा पुनरावेदन लाग्ने व्यवस्था छ ।

बिगो, मोही, कुटपिट, लुटपिट तथा नासो धरौटजस्ता सामान्य प्रकृतिका दिवानी वा फौजदारी मुद्दामा उच्च अदालतबाटै अन्तिम निर्णय हुने व्यवस्था गर्न समितिले सिफारिस गरेको छ ।

त्यस्तै, दुई तहसम्म फैसला भई सर्वोच्चमा पुनरावेदन नलाग्ने मुद्दामा दोहोर्‍याई हेर्न पाऊँ भन्ने निवेदनको निक्र्योल गर्ने अधिकार उच्च अदालतलाई दिन प्रस्ताव गरिएको छ । संविधानको धारा १३३ (४) संशोधन गरी उच्च अदालतको तीन न्यायाधीशको इजलासले अनुमति दिएमा मात्रै सर्वोच्चमा जान पाउने व्यवस्था गर्न सुझाव दिइएको हो । हाल यस्तो निवेदनमा निस्सा दिने वा नदिने निर्णय सर्वोच्च अदालतले गर्दै आएको छ ।

निषेधाज्ञासम्बन्धी निवेदनको सुनुवाइ जिल्ला अदालतमा मात्रै गर्ने गरी कानुन संशोधन गर्न पनि समितिले सिफारिस गरेको छ । हाल उच्च अदालतले समेत निषेधाज्ञासम्बन्धी निवेदन सुनुवाइ गर्दै आएको छ । मध्यान्ह दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

सम्बन्धित समाचार

बढ्यो घरजग्गा कारोबार

चुनौतीपूर्ण बन्दै साइबर अपराधको जालो

हप्तामै साढे २६ हजारले घट्यो सुन

फर्जी विद्यार्थी प्रकरण ठुला विद्यालय मन्त्रालयको निगरानीमा

वाम एकताको बहस फेरि सतहमा

स्थानीय तहमा हुन सकेन ‘ओएनएम’

प्रधानमन्त्रीको भ्रमणलाई भारतको ‘विशेष कूटनीतिक महत्व’

लामो समयदेखि संवैधानिक पदमा रिक्तता

निजी क्षेत्रमा प्रवाहित कर्जा साढे ६० खर्ब नजिक

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा