सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताउनुभएको छ ।

राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उहाँले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताउनुभएको हो । कार्यक्रममा रुसका लागि नियुक्त राजदूत पनि सहभागी हुनुहुन्थ्यो ।

किमले बढ्दो विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरताबीच उत्तर कोरियाले प्रभुत्व वा विस्तारको नीति नअपनाउने बताउनुभयो । सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण समारोहमा उहाँ स्वयं विदेशमन्त्री चो सोन हुईसँग उपस्थित हुनुभएको थियो ।

गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुग्नुभएका ट्रम्पले किमसँग भेट्ने प्रयास गर्नुभएको थियो । तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उहाँ बिहीबार एसियाबाट फर्किनुभएको थियो ।

किमको प्रत्यक्ष सहभागितालाई उत्तर कोरियाको सार्वभौमिकतामा आधारित कूटनीतिको सङ्केतका रूपमा विश्लेषण गरिएको छ । दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले एएफपीसँग कुरा गर्दै ट्रम्पको पहलबाट प्रभावित नभई राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो भूमिका विस्तार गर्न चाहेको सङ्केत भएको बताउनुभयो ।

ट्रम्पको पहिलो कार्यकालमा किमसँग भएका शिखर वार्ताबाट उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने ठोस सम्झौता हुन सकेको थिएन । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक कार्यक्रम अघि बढाउँदै आफ्नो आणविक हैसियतलाई कानूनी मान्यता दिएको छ र हतियार भण्डारलाई स्थायी तथा अपरिवर्तनीय घोषणा गरेको छ ।

यसैबीच, युक्रेनविरुद्धको युद्धमा रुसलाई सैन्य सहयोग गर्न सेना परिचालन गरेपछि उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप सुदृढ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो