सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेल अभिभ, ७ मङ्सिर (रासस/एएनआई): इजरायलमा सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन कठिनाइ भएपछि याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले अप्रत्याशित रूपमा गठबन्धन घोषणा गरी एक–दुई दिनभित्रै संसद् नेसेटमा मतदान गराउने रणनीति बनाउनुभएको छ ।

टाइम्स अफ इजरायलका अनुसार अल्ट्रा–अर्थोडक्स, अरब नेतृत्वका दल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसँगको वार्तामा प्रगति नभए पनि आइसेनकोट सरकार गठनको प्रयासमा हुनुहुन्छ । सम्भावित साझेदारलाई दलबदल गर्ने समय नदिई मतदान गराउने उहाँको योजना छ । केही दल तटस्थ बसेमा अल्पमतको सरकार गठन गरी उहाँ प्रधानमन्त्री बन्न सक्ने आकलन गरिएको छ ।

आइसेनकोटले लिकुडसँग व्यापक सहभागिताको सरकार गठनबारे छलफल गर्न वार्ता टोलीलाई निर्देशन दिनुभएको छ । तर, नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उहाँले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राख्नुभएको छ । लिकुडले भने अरब दलसँगको सहकार्य अन्त्य गर्न आग्रह गरेको छ ।

डेमोक्रेटिक पार्टीका अध्यक्ष यायर गोलानले अल्ट्रा–अर्थोडक्स दल सहभागी सरकारको विरोध नगर्ने बताउनुभएको छ । तर, नेतान्याहुलाई सत्तामा कायम राख्ने उद्देश्यको एकता सरकारमा सहभागी नहुने उहाँको भनाइ छ । नेतान्याहुले भने देशको चुनौती सामना गर्न सबै पक्ष समेटिएको राष्ट्रिय एकता सरकार आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिनुभएको थियो । १२० सदस्यीय नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक छ । निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको समूहले ४८ सिट जितेका थिए । जोइन्टद लिस्ट र राम नामका दुई अरबबहुल दलले क्रमशः ११ र आठ सिट जितेका भए पनि आइसेनकोट समूहका नेताहरूले उनीहरूसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता