सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

धरानमा पुस ३ गतेदेखि डिआइजी रनिङ कप

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, ११ मङ्सिरः कोशी प्रदेश अन्तर विद्यालय आठौँ डिआइजी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुँदैछ ।

नेपाल प्रहरी स्कुल धरानको आयोजनामा आगामी पुस ११ गतेसम्म हुने प्रतियोगिता नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा सञ्चालन गरिनेछ ।

विद्यालयस्तरदेखि नै फुटबल खेलको प्रवर्द्धन तथा प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले ‘फेयर प्ले फर फ्रेन्डसिप’ भन्ने नाराका साथ प्रतियोगिता गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागिताका लागि पहाडी क्षेत्रका सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकतामा दिइने आयोजकले जनाएको छ ।

विद्यालय तहदेखि नै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल प्रहरी स्कुल धरानका प्रहरी निरीक्षक अनिता महतले बताउनुभयो ।

प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा अघि बढ्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि आजदेखि यही मङ्सिर २८ गतेसम्म दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेता टिमलाई रु एक लाख पाँच हजार एक, रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, उपविजेता टिमले नगद रु ५० हजार पाँच, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रमका खेल संयोजक सागर कार्कीले बताउनुभयो ।

त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

एसिया कप राइजिङ स्टार्सबाट नेपाली टोली स्वदेश फर्कियो

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

च्याम्पियन्स लिगमा आर्सनल र डर्टमन्ड १–१ को बराबरीमा रोकिए

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु

एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

झापा महिला गोल्डकपमा आर्मीको गोलवर्षा, भारतीय टोलीमाथि १०–० को जित

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

कुशलको अर्धशतक र सन्दीपको घातक बलिङ, यूएईमाथि नेपालको शानदार जित

एसियन राइजिङ स्टार्समा युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य