सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, १२ मङ्सिरः झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो ।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले वार्षिक रूपमा कम्तीमा पाँच जना सदस्य रहेको परिवारलाई रु तीन हजार ५०० शुल्कबापत न्यूनतम् रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य बिमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । यसमा ५३ हजार १४२ जना ज्येष्ठ नागरिक, १२८ जना कुष्ठरोग प्रभावित, ७४४ जना एचआइभी सङ्क्रमित, तीन हजार १९१ जना अपाङ्गता भएका व्यक्ति र ५९० जना महिला स्वास्थ्य स्वयम्सेविका लगायत लक्षित तथा संवेदनशील वर्गसमेत समावेश छन् ।

बिमामार्फत निःशुल्क उपचार सेवा प्रवाह गर्न जिल्लामा पाँच वटा आँखा अस्पताल, सात वटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको प्रमुख कँडेलले जानकारी दिनुभयो ।

जिल्लाका १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिकामा कूल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध देखिएका छन् । दमकमा बसोबास गर्दै आएका भूटानी शरणार्थीसमेत बिमामा समेटिएकाले त्यहाँ आवद्धता दर अपेक्षाभन्दा बढी देखिएको हो ।

त्यसैगरी भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई पालिकामा बिमामा आवद्ध हुनेको प्रतिशत ९० भन्दा माथि छ । तर, सबैभन्दा कम झापा गाउँपालिकामा भने ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा आवद्ध छन् ।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रति अतिरिक्त सदस्य रु ७०० प्रिमियम शुल्क तोकिएको छ । यसरी सदस्य थपिएका परिवारले अधिकतम् रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा पाउने व्यवस्था बोर्डले गरेको छ ।

पछिल्लो समय बिमा सेवाको उपयोग र दाबीमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारले केही कडा प्रावधान लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवामा वार्षिक अधिकतम् रु २५ हजारसम्म मात्र खर्च गर्न पाइनेछ भने बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियाजस्ता गम्भीर तथा अत्यावश्यक सेवामा मात्र उपयोग गर्न सकिनेछ ।

स्वास्थ्य बिमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ । साथै, यही मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै ‘नागरिक एप’मा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कर्णालीका दुर्गम बस्तीमा आँखा तथा कान उपचार सेवा पुर्‍याउँदै नेत्रज्योति सङ्घ

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

बैजापुरमा निःशुल्क आँखा शिविर, २१८ जनाको जीवनमा फर्कियो उज्यालो

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्

विपन्न परिवारमा कुपोषण समस्या

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल हस्तान्तरण

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम