सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको हो ।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गर्नुभयो ।
उहाँले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।

महामन्त्री पौडेलले भन्नुभयो “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ । ”

उहाँले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र  बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ ।

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ ।

उहाँले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गर्नुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उहाँले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो ।

यस्तै, कांग्रेस काठमाडौँ महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘रास्वपालाई मत नदिए पनि कर्णालीको विकासमा प्राथमिकता दिन्छौँ’ – सभापति लामिछाने

रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन नेता आङ्देम्बे माग

चीन भ्रमण सकेर स्वदेश फर्कियो रास्वपा प्रतिनिधिमण्डल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न सरकारले आदेश दिएपछि केसी आक्रोशित

निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा