सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विपन्न परिवारमा कुपोषण समस्या

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दैलेख, ८ मङ्सिर : जिल्लाका विपन्न परिवारमा कुपोषणको समस्या देखिएको छ । जिल्ला समन्वय समिति दैलेखद्वारा आयोजित बहुक्षेत्रीय पोषणसम्बन्धी जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा’ मा भगवतीमाई गाउँपालिकाका वरिष्ठ शाखा अधिकृत तथा पोषण फोकल व्यक्ति टोपबहादुर बुढाले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

अध्ययनले गरिब तथा विपन्न बस्तीमा कुपोषणको अवस्था निकै गम्भीर देखाएको उल्लेख गर्दै बुढाले त्यसको न्यूनीकरण चुनौती पूर्ण रहेको बताउनुभयो । पोषण सुधारका लागि ठोस कार्य योजना र सरोकार वाला सबै क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको उहाँको भनाइ छ ।

‘सन्तुलित पोषण, स्वस्थ जीवन, समृद्धि नेपाल’ भन्ने मूल नाराका साथ आयोजित समीक्षामा जिल्लाका ११ वटै स्थानीय तहले स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, कृषि, पशुपन्छी तथा महिला बालबालिका क्षेत्रका ४९ सूचकमा आधारित वार्षिक प्रगति प्रस्तुत गरेका थिए । सो अवसरमा पाँच पालिकाको प्रारम्भिक विवरणअनुसार २० वर्ष मुनिका १३३ गर्भवती तथा १२० सुत्केरी महिला अभिलेख गरिएको र १९१ गर्भवती तथा १३७ सुत्केरी महिलामा मध्यम शीघ्र कुपोषण देखिएको जानकारी दिइयो ।

समीक्षामा स्थानीयस्तरमा पोषण सञ्चालन, गर्भवती तथा सुत्केरीलाई पोषण युक्त खाना, घरमा धारा’ र विपन्न परिवारलाई आयआर्जन सहयोग जस्ता असल अभ्यास भइरहेको उल्लेख गरियो । तथापि जन चेतनाको कमी, परम्परागत सोच, जङ्कफुडको बढ्दो प्रयोग, भौगोलिक विकटता, बेरोजगारीका कारण परिवार नै भारत जाने प्रवृत्ति र समयमा बजेट निकासा नहुँदा लक्षित वर्गसम्म सेवा पुर्‍याउन तथा व्यवहार परिवर्तन गर्न कठिन भएको निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पोषणले दक्ष नागरिक उत्पादन गर्ने भएकाले चालु आर्थिक वर्षमा सबै पालिकाले कम्तीमा एक–एक वडा पोषणमैत्री घोषणा गर्नुपर्नेमा जोड दिनुभया ।

निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले कुपोषणका कारण पुड्कोपना, अपाङ्गता जस्ता गम्भीर समस्या निम्तिने भएकाले राज्यको सेवा विपन्न वर्गसम्म पुर्‍याउनु पर्ने बताउनुभयो ।

त्यस्तै महाबु पालिका अध्यक्ष सुन्दर केसीले समीक्षाबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्दै नतिजा देखिने गरी काम गरिने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी पाण्डेले बहुक्षेत्रीय पोषण कार्यक्रमले बाल मृत्युदर र ख्याउटेपना घटाउन मद्दत पुगेकाले सबै पालिकामा प्रभावकारी रूपमा लागू गर्नुपर्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल हस्तान्तरण

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव