सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सीमा अतिक्रमणबारे भारतसँग वार्ताको तयारी : प्रधानमन्त्री

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको विषयमा भारतसँग वार्ताको तयारी गरिरहेको बताएका छन्

प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे औपचारिक वार्ता अघि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको नेकपाको सचिवालय बैठकमा सोमबार जानकारी गराएका हुन्

सचिवालय बैठकमा भारतसँगको सीमा विवादबारे सरकारले गरिरहेको गृहकार्यबारे प्रधानमन्त्रीले ब्रिफिङगरेका थिएप्रधानमन्त्रीज्यूले दुई देशको वार्तामा सरकारले लैजाने प्रस्तावको गृहकार्य भइरहेको जानकारी गराउनुभएको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘आधिकारिक प्रमाणसहितको दस्ताबेज संकलनसँगै उचित कूटनीतिक संयन्त्रमा छलफल अघि बढाएर भारतसँग वार्ता गरिनेछ

यसअघि प्रधानमन्त्रीले सरकारीनिवास बालुवाटारमा शनिबार सर्वपक्षीय बैठक डाकेर सीमा अतिक्रमणबारे छलफल गरेका थिए। सर्वपक्षीय बैठकमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रिय भावनाका आधारमा भारतसँग कूटनीतिक संवाद थाल्ने बताएका थिए

अघिल्लो साता भारतले सुदूरपश्चिमको सीमान्त भूमि कालापानीलाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ

भारतको गृह मन्त्रालयले नेपाली भूमि कालापानीलाई आफ्नो सीमाभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यस सम्बन्धमा विज्ञप्ति जारी गरी कालापानी नेपाली भूमि रहेको र यसबारे भारतले गर्ने एकपक्षीय निर्णय मान्य नहुने स्पष्ट पारेको थियो। यो खबर नयाँपत्रिकामा छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

परनिर्भर हुँदै मुलुक

सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य

७६ जिल्लामा फैलियो डेंगु, १५ जनाको मृत्यु हुँदा पनि सरकार उदासीन

इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

सर्वोच्चले सोध्यो: माधव र बाबुराममाथि मुद्दा किन नचलाएको ?

संघमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

निकुञ्ज खतरामा पार्न वनमन्त्री नै सक्रिय !

कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव

चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

वन्यजन्तुको असफल स्थानान्तरण

सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी