सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सीमा अतिक्रमणबारे भारतसँग वार्ताको तयारी : प्रधानमन्त्री

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको विषयमा भारतसँग वार्ताको तयारी गरिरहेको बताएका छन्

प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे औपचारिक वार्ता अघि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको नेकपाको सचिवालय बैठकमा सोमबार जानकारी गराएका हुन्

सचिवालय बैठकमा भारतसँगको सीमा विवादबारे सरकारले गरिरहेको गृहकार्यबारे प्रधानमन्त्रीले ब्रिफिङगरेका थिएप्रधानमन्त्रीज्यूले दुई देशको वार्तामा सरकारले लैजाने प्रस्तावको गृहकार्य भइरहेको जानकारी गराउनुभएको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘आधिकारिक प्रमाणसहितको दस्ताबेज संकलनसँगै उचित कूटनीतिक संयन्त्रमा छलफल अघि बढाएर भारतसँग वार्ता गरिनेछ

यसअघि प्रधानमन्त्रीले सरकारीनिवास बालुवाटारमा शनिबार सर्वपक्षीय बैठक डाकेर सीमा अतिक्रमणबारे छलफल गरेका थिए। सर्वपक्षीय बैठकमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रिय भावनाका आधारमा भारतसँग कूटनीतिक संवाद थाल्ने बताएका थिए

अघिल्लो साता भारतले सुदूरपश्चिमको सीमान्त भूमि कालापानीलाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ

भारतको गृह मन्त्रालयले नेपाली भूमि कालापानीलाई आफ्नो सीमाभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यस सम्बन्धमा विज्ञप्ति जारी गरी कालापानी नेपाली भूमि रहेको र यसबारे भारतले गर्ने एकपक्षीय निर्णय मान्य नहुने स्पष्ट पारेको थियो। यो खबर नयाँपत्रिकामा छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम

सर्वोच्चमा शक्तिसंघर्षको उत्कर्ष

संसदमा संविधानविपरीत बहस

विभाजनको डिलमा कांग्रेस

सर्वोच्चद्वारा आफ्नै नजिर बदर

गुण्डु संवादपछि विद्या भण्डारीको ‘कमब्याक’

सरकारका निर्णय धमाधम सर्वोच्चबाट उल्टिँदै

निर्वाचनको समीक्षा छल्दै एमाले नेतृत्व

स्थानीय तहको पुनर्संरचना तयारी

सिंहदरबारकै जग्गा अतिक्रमण