सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री दिने ओलीको तयारी

२०७६ मंग्सिर १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् ।

प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दूरी पनि घटाएका छन् । नेपालसँगको सम्बन्धबारे लामो समीक्षापछि उनले मिलेर पार्टीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरेका ओलीले नेता वामदेव गौतमलाई मनाउन कास्कीबाट निर्वाचन लड्नसमेत जोड दिएका थिए । त्यति मात्र होइन, उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्नसमेत आग्रह गरेका छन् । गौतमसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाउने विषयले नेकपाभित्र प्रवेश पाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘कार्यसम्पादन मूल्यांकनका आधारमा’ मन्त्रिपरिषद् हेरफेरको गृहकार्यसमेत गरेका छन् । यो विषयमा उनले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन् । त्यस्तै, पछिल्लोपटक वरिष्ठ नेता माधवकुमार नेपालबाट पनि सुझाब लिएका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको बालुवाटार स्रोतले बतायो ।

नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साह लगायतको नाममा छलफल चलिरहेको स्रोतले जनाएको छ । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रास्वपामै हुन थाल्यो बालेन कार्यशैलीको विरोध

महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन

कांग्रेसमा फुटको पूर्वाभ्यास

‘हाइटेन्सन लाइन’ मुनि पक्की घर

सगरमाथामा आरोहीको लाम

सुकुम्वासीको व्यवस्थापनबाट पन्छिँदै सरकार !

डिजिटल हिंसाको सिकार बन्दै महिला

सरकारसँग सत्तापक्षकै असन्तुष्टि

विद्यालय तहको पाठ्यक्रम परिमार्जन हुँदै

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम