सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री ओलीको भाषण भारतीय मिडियामा भाइरल

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना हटाउन भारतलाई गरेको आग्रहलाई लिएर भारतीय मिडियाले ‘मसला’ बनाएका छन् ।

गत आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमि नमिच्न र सीमामा तैनाथ सेना फिर्ता गर्न भारतलाई आग्रह गरेका थिए । काठमाडौंमा युवा संघद्वारा आयोजित कार्यक्रममा उनले शालिन शैलीमा गरेको आग्रहलाई भारतीय मिडियाले ‘रवाफ’को संज्ञा दिएका छन् ।

यस्तो छ लीको भाषणः

ओलीले भारतलाई भने : सीमाबाट सेना हटाऊ

प्रधानमन्त्री ओलीले अरु देशको एक इन्च पनि भूमि आफूहरुले नमिच्ने र आफ्नो भूमि पनि अरुलाई नदिने अभिव्यक्ति दिएका थिए । यस क्रममा उनले नेपाली भूमिमा तैनाथ विदेशी सेनालाई फिर्ता लैजान आग्रह गरेका हुन् । ओलीको त्यही भाषणलाई लिएर भारतीय मिडियाले अनेक टिप्पणी गरे । बिबिसी हिन्दी लगायत भारतका मूलधारका मिडियाले नै ओलीको भनाइलाई प्राथमिकता साथ समाचार बनाए ।

कतिपयले त ओलीको यो अभिव्यक्तिलाई ‘नेपालका प्रधानमन्त्रीको रवाफ’को संज्ञा समेत दिए । भारतको चर्चित मिडिया आजतकले ‘नेपालका प्रधानमन्त्री ओलीको रवाफ’ भन्दै कालापानीको विषयलाई समाचार बनाएको छ । आजतकले लेखेको छ, ‘कालापानी पर नेपाली पिएमने दिखाए भारतको तेवर : एक इन्च भी जमिन नहीँ देंगे ।’

अमर उजालाले भने ‘नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक’ शीर्षकमा समाचार बनाएको छ । यस्तै ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले : एक इंच भी ज़मीन नहीं मिलेगी’ भन्दै बिबिसी हिन्दीले समाचार लेखेको छ ।

कात्तिक २१ गते मात्रै नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सा र नेपालको प्रदर्शनबारे प्रश्न सोधेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भने आफूहरुले नक्सा हेरफेर नगरेको जवाफ दिएका थिए । भारत सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गरेलगत्तै नेपालका विभिन्न भागमा प्रदर्शन भएको थियो । यद्यपि भारतीय पक्षबाट कुनै चासो देखाइएको थिएन ।

प्रधानमन्त्री ओलीको भाषण आएको भोलिपल्टै भारतीय मिडियामा कालापानीको विषयले स्थान पाएको हो । तर ती मिडियाले कालापानी क्षेत्रलाई ‘नेपाली भूमि’ भनेर समाचारमा उल्लेख भने गरेका छैनन् । यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार

सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड

अब मुग्लिङ सडक बन्द नहुने

नेपाली राहदानीको वरीयता सुध्रिएन

रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न

नेपाल बन्ला शैक्षिक केन्द्र ?

नमुना प्रयास, नमुना पालिका

कांग्रेस महासमितिमा गठबन्धनको गलपासो

जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

घट्यो दलहरूको आम्दानी

नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बम एमालेमै फर्किए