सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ नख्खु कारागारमा आलमको दैनिकी

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: रौतहट बम काण्डमा संलग्नताको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम सोमवार नख्खु जेलमा शान्त थिए ।

नख्खु कारागारको सीआरसी ब्लक टु को दोस्रो तलामा राखिएका उनी दुई जना लागुऔषध र एकजना चोरीको कैदीसँगै राखिएका छन् ।

आलमसँगै जनकपुर बमकाण्डका अभियुक्त सञ्जयकुमार साह टक्ला पनि नख्खुमै छन् । साहले ५ जनाको ज्यान जाने गरी बम विस्फोट गराएको अभियोगमा नख्खुमा सजाय भुक्तान गरिरहेका छन् ।

आलम कारागारमा आएको दिन शनिवारदेखि नै शान्त छन् । उनलाई अन्य कैदीभन्दा आरामदायी कोठामा राखिएको छ ।

कारागारका प्रमुख सुरेन्द्र पौडेलका अनुसार उनको चालचलन शान्त रहेको छ । आलम सोमवार पनि जेलमा मान्छेहरूलाई उत्सुकताका साथ हेरिरहेका थिए । कालो हाइनेक, सेतो धोती र सफाचट जुँगामा चिटिक्क थिए ।

उनी अलिकति पनि विचलित देखिएनन् । यो खवर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राज्यको धरपकडले निजी क्षेत्र त्रसित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

छानबिनको दायरामा तिस हजार पदाधिकारी

संसदमा खोजी भइरहँदा सिंहदरबारमै थिए बालेन

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता

प्रदेशमा सत्ता सहकार्य नवीकरणका लागि कांग्रेस-एमालेबीच छलफल

विपक्षीको घेराबन्दीमा सरकार

भारतमा खोजिँदै नेपालीका ‘अवैध’ सम्पत्ति

उल्झनमै भारतसँगको सुपुर्दगी सन्धि

सीमावासीको दैनिकी सहज बनाइँदै

केन्द्रीय समिति विस्तारले कांग्रेसको आन्तरिक विवाद झन् पेचिलो

विद्यालयमा १५ दिन बिदा कटौती