सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजस्व छलि गर्नेहरु धमाधम फन्दामा पर्दै : १७ महिनामा १७ अर्बकै बिगो

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्ने विरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ ।

विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए ।

महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए ।

उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्नेसित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

सर्वोच्चले सोध्यो: माधव र बाबुराममाथि मुद्दा किन नचलाएको ?

संघमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

निकुञ्ज खतरामा पार्न वनमन्त्री नै सक्रिय !

कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव

चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

वन्यजन्तुको असफल स्थानान्तरण

सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

‘न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’

ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य पुनः सुरु, नयाँ डिजाइन स्वीकृत

असोजको तेस्रो सातादेखि सुपथ पसल, नुनदेखि खसीसम्ममा छुट