सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘घुमुवा’ले बदनाम हुँदै नेपाल प्रहरी : गोप्य रूपमा सूचना संकलन गर्नुपर्ने घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः असइ प्रितम लामा महानगरीय प्रहरी परिसरको विशेष टिममा थिए । डिएसपी होवीन्द्र बोगटीको कमान्डमा सादा पोसाकको प्रहरी टोलीका उनी एक सदस्य थिए ।  प्रहरीका महत्वपूर्ण अप्रेसनमा सहभागी भएर धेरै अभियुक्त पक्राउ गरेका उनी पैसाको लोभमा परेर आफैँ अपराधमा लागे । गत साउनमा बौद्धमा ६ सय ग्राम सुन लुटपाटमा संलग्न भएको खुलेपछि उनलाई नै हिरासतमा राखेर परिसरले मुद्दा चलायो । हाल उनी जेलमा छन् ।

असइ सन्तोष सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले आफ्नो विशेष टोलीका इन्चार्जका रूपमा खटाएका थिए । सुवेदीको टोलीले अपराध अनुसन्धानमा केही राम्रा काम पनि गरेका थिए । काम गर्ने मात्र नभई उनीहरू अवैध असुलीका गतिविधिमा पनि संलग्न थिए । ९ कात्तिकमा उनको असली रूप थाहा भयो ।

लेकसाइडको होटेल क्रिस्टल प्यालेसमा उनीहरू छापा हान्न गएका थिए । जुवाखालबाट बरामद एक लाख २० हजार रुपैयाँ उनीहरूले आफ्नो स्कुटरमा लुकाएका थिए । जसमा असइ गौतमसहित जवान अनिल ढकाल र जीवनाथ लामिछानेको समेत संलग्नता थियो । हाल उनीहरूलाई निलम्बन गरेर कारबाही अघि बढाइएको छ ।

यी घटनाले सूचना संकलन र अपराध अनुसन्धानका नाममा खटाइने ‘घुमुवा प्रहरी’हरू कस्ता गतिविधिमा संलग्न हुन्छन् भन्ने प्रस्ट हुन्छ । सादा पोसाकमा खटिने प्रहरीहरू विगतमा पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए । जसका कारण संगठन नै बदनाम भएको थियो । तर, प्रहरी नेतृत्वले उनीहरूलाई सच्याउन कुनै पहल गरेको छैन ।

यस्ता प्रहरीलाई अपराध अनुसन्धान समूह बनाएर परिचालन गर्न पाँच वर्षअघि नै प्रहरी प्रधान कार्यालयले योजना बनाएको थियो । उनीहरूलाई गैरकानुनी गतिविधिबाट रोक्न अपराध अनुसन्धान विभागले नियमन गर्ने योजना बनाएको थियो । तर, योजना कार्यान्वयन नहुँदा उनीहरूका अवैध गतिविधि बढेका छन् । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रास्वपामै हुन थाल्यो बालेन कार्यशैलीको विरोध

महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन

कांग्रेसमा फुटको पूर्वाभ्यास

‘हाइटेन्सन लाइन’ मुनि पक्की घर

सगरमाथामा आरोहीको लाम

सुकुम्वासीको व्यवस्थापनबाट पन्छिँदै सरकार !

डिजिटल हिंसाको सिकार बन्दै महिला

सरकारसँग सत्तापक्षकै असन्तुष्टि

विद्यालय तहको पाठ्यक्रम परिमार्जन हुँदै

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम