सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सन्की स्वभावले अपजस

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अघिल्लोपटक मन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई चर्पीमा थुनेर चर्चामा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको दोस्रो कार्यकाल अपजसकै बीच सकियो। यादवमा उद्योग, वाणिज्य क्षेत्रको विषयगत ज्ञान कम र हठी स्वभावका कारण उनी लोकप्रिय हुन सकेनन् ।

मातृकाको कार्यक्षेत्रमा प्रधानमन्त्री केपी ओलीसँग समेत टसल परेपछि असन्तुष्टि व्यक्त गर्दै आएका थिए। यादवले व्यापारी तथा उद्योगीसँग समदूरी कायम गर्न नसक्दा उनी विरुद्धको उजुरी सीधै प्रधामन्त्रीसमक्ष पुग्थ्यो। यादवले आफूलाई चित्त नबुझेको विषयमा मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सवालजवाफ गर्ने गरेकाले ‘हिट लिस्ट’मा परे।

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र झापाको दमकमा चीनको सहयोगमा बन्ने औद्योगिक पार्कको विषयमा पनि केही असहमति राखेका थिए। मन्त्री यादवले प्रधानमन्त्रीसँग आफ्नो कार्यशैली नमिलेको सार्वजनिक कार्यक्रममा नै टिप्पणी गर्दै आएका थिए। विभिन्न विषयमा प्रधानमन्त्रीले जसरी पनि प्रस्ताव ल्याउन भनेपछि असन्तुष्टि जनाउँदै आएका थिए। बन्द रहेका उद्योग सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगे पनि यादवले पारित गराउन सकेनन्। यादव आफ्नो योजनाअनुसार काम गर्न नपाएपछि आफूलाई हटाउन सक्ने संकेत गरेका थिए।

उद्योगमन्त्रीले सधैं सार्वजनिक कार्यक्रमा आफूले गडबड नगर्ने र गडबड गर्नेलाई कारबाही गर्ने चेतावनी दिइरहे। ‘अन्डर टेबुल कारोबार गर्न तयार तर आफूअनुकूल काम गराउन पल्किएका उद्योगीका यादवको व्यवहार मेल खाएन। कर्मचारीसँग रुखो व्यवहार प्रस्तुत गरेका कारण कर्मचारीबाट अपेक्षित सहयोग पनि पाएनन्। मन्त्रीको देखेको कुरा बोल्ने र सन्की स्वभावका कारण निजी क्षेत्रको पनि तारामा परे। यो खबर  नागरिक दैनिकमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार

सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड

अब मुग्लिङ सडक बन्द नहुने

नेपाली राहदानीको वरीयता सुध्रिएन

रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न

नेपाल बन्ला शैक्षिक केन्द्र ?

नमुना प्रयास, नमुना पालिका

कांग्रेस महासमितिमा गठबन्धनको गलपासो

जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

घट्यो दलहरूको आम्दानी

नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बम एमालेमै फर्किए