
काठमाण्डौः पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरै विरुद्ध मुद्दा चलाएको छ । उनीहरूसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार आठ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।
हाल सिआइबीले नेपाल बैंकका नवौँ तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख अनियमितताको घटनामा छानबिन गरिरहेको छ । दुई महिनाअघि ब्युरोले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठ सहितका कर्मचारी विरुद्ध दुई करोड ५० लाख बिगोको मुद्दा दायर गरेको थियो । श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् । खोलाको जग्गालाई राजमार्ग छेउको भनेर कर्जा दिई अनियमितता गरेको भन्दै प्रहरीले मुद्दा चलाएको थियो ।
देवः विकास बैंकको घोराही शाखामा पनि कर्मचारीकै मिलेमतोमा १८ करोड अनियमितता भएको थियो । त्यसमा गत महिना मात्र प्रहरीले मुद्दा दायर गरेको छ । बैंकका प्रबन्धक समीर बुढाथोकीकै योजनामा बैंकभित्र अनियमितता भएको थियो ।
०६८ देखि सिआइबीले बैंकिङ कसुर अनुसन्धान थालेको हो । ०६८ जेठमा सिआइबीले करिब ५० करोड हिनामिना गरेको आरोपमा गोर्खा विकास बैंकका तत्कालीन अध्यक्ष डिबी बम्जन (डम्बरबहादुर तामाङ)लाई पक्राउ गरेको थियो । सो बैंककै सञ्चालक प्रवीण नौलखाको कमलादीस्थित जग्गा खरिदमा अनियमितता गरेको तथा कर्जा प्रवाहमा व्यापक अनियमितता गरेको खुलेपछि राष्ट्र बैंकले उनीहरूलाई संस्थाबाट हटाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
आफूलाई पक्राउको तयारी भएको खबर पाएपछि दुई महिनासम्म भूमिगत भएका बम्जन पछि बानेश्वरको आफ्नै घरबाट पक्राउ परेका थिए । सोही अनियमिततामा प्रहरीले बैंकका अन्य १३ सञ्चालक तथा प्रबन्धकलाई समेत मुद्दा चलाएको थियो । यो खबर नयाँपत्रिकामा छापिएको छ ।
कुन बैंकमा कति ठगी
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स : सात अर्ब ७३ करोड ५७ लाख
नेपाल सेयर मार्केट एन्ड फाइनान्स : पाँच अर्ब ७९ लाख
एपेक्स बैंक : एक अर्ब ५० करोड
एच एन्ड बी डेभलपमेन्ट बैंक : एक अर्ब पाँच करोड ३३ लाख
गोरखा डेभलपमेन्ट बैंक– ८६ करोड ७३ लाख
पिपुल्स फाइनान्स– ७३ करोड ९२ लाख
किस्ट बैंक– ५७ करोड ४४ लाख
हिमालयन फाइनान्स र वैभव फाइनान्स– ५३ करोड ६ लाख
क्रिस्टल फाइनान्स– ४४ करोड ६१ लाख
नेपाल विकास बैंक– ३६ करोड पाँच लाख
कृषि विकास बैंक (स्वयम्भू शाखा)– ३३ करोड ९३ लाख
बुटवल फाइनान्स– २७ करोड २६ लाख
सिद्धार्थ डेभलपमेन्ट बैंक– २५ करोड २८ लाख
नेपाल बैंक– १५ करोड ५१ लाख
किस्ट बैंक– १५ करोड १६ लाख
जनरल फाइनान्स– १३ करोड ९९ लाख
एनआइडिसी क्यापिटल मार्केट– १३ करोड १७ लाख
कृषि विकास बैंक (लगनखेल शाखा)– १० करोड ६२ लाख
युनाइटेड विकास बैंक– नौ करोड २४ लाख
प्रोग्रेसिभ फाइनान्स– सात करोड ६९ लाख
हामा मर्चेन्ट एन्ड फाइनान्स– सात करोड ६० लाख
एनआइसी एसिया– ६ करोड ७४ लाख
सम्झना फाइनान्स– ६ करोड २८ लाख
एनआइडिसी क्यापिटल मार्केट– चार करोड ७८ लाख
राष्ट्रिय वाणिज्य बैंक (धुलिखेल शाखा)– चार करोड ७१ लाख
पश्चिमाञ्चल फाइनान्स– चार करोड ४६ लाख
कृषि विकास बैंक (न्युरोड शाखा)– चार करोड ४२ लाख
कैलाश विकास बैंक– तीन करोड ४१ लाख
मञ्जुश्री फाइनान्स– तीन करोड २१ लाख
श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स– दुई करोड ९२ लाख
एनबी बैंक– दुई करोड ९२ लाख
सामुदायिक लघुवित्त– दुई करोड ५७ लाख
बैंक अफ काठमाण्डू– दुई करोड ५० लाख
देवः विकास बैंक– दुई करोड १० लाख
माछापुच्छ्रे बैंक– एक करोड ४२ लाख
यती डेभलपमेन्ट बैंक– एक करोड ४० लाख
मञ्जुश्री फाइनान्स– एक करोड ३४ लाख
सिटिजन्स बैंक– एक करोड २८ लाख
सिभिल बैंक– एक करोड २३ लाख
कृषि विकास बैंक (रत्नपार्क)– एक करोड १० लाख
प्रुडेन्सियल फाइनान्स– ८७ लाख
ग्लोबल आइएमई बैंक– ८६ लाख ७० हजार
राष्ट्रिय वाणिज्य बैंक– ८१ लाख १२ हजार
सिभिल बैंक– ४५ लाख ४५ हजार
नबिल बैंक– ४४ लाख ४९ हजार
सिभिल बैंक (बौद्ध शाखा)– ३५ लाख ६१ हजार
इम्पेरियल फाइनान्स– ३० लाख ६८ हजार
सनराइज बैंक– २२ लाख ७७ हजार
एभरेस्ट बैंक– १९ लाख ५० हजार
हिमालयन बैंक– ६ लाख ५८ हजार