शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्त पञ्चमीका अवसरमा मंगलबार बिहान हनुमानढोकामा बसन्त श्रवण गर्नु भएको छ ।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित एक समारोहमा राष्ट्रपतिलाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गर्नुका साथै मंगलधुन बजाएको थियो ।

