सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चौरमा पढ्दै बालबालिका

२०८० असार १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सिन्धुलीको कमलामाई नगरपालिका–४, केराबारीको एक प्राथमिक विद्यालयका विद्यार्थी एक सातादेखि चौरमा बसेर पढिरहेका छन्। जस्तापाताले छाएको विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा बसेर दिनभर पढ्छन्। बालविकास कक्षासहित कक्षा ५ सम्म सञ्चालित यो विद्यालयमा अहिले ४३ बालबालिका अध्ययनरत छन्।

छानो उठाएपछि कक्षाकोठा बस्नयोग्य नभएको र विद्यालयमा अरू कोठाको अभाव भएपछि चौरमै बसेर पढ्न पढाउन बाध्य भएको सो विद्यालयका प्रधानाध्यापक हेमबहादुर आलेले बताउनुभयो। खुला चौरमा पढ्नुपर्ने भएपछि बालबालिका विद्यालय आउने क्रम घट्दै गएको बताइएको छ। दिनैजसो पानी परिरहेकाले कक्षाकोठा हिलाम्मे रहेको र कक्षाकोठाभित्र राखेर पढाउन सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो।

विद्यालयको छानो उडाएको एक साता बितिसके पनि कसैले चासो नदिएको उहाँले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “गत बिहीबार वर्षासँगै आएको हावाहुरीले छानो उडाएर ध्वस्त नै बनाएको छ। छानो मर्मतका लागि सहयोग माग्न नगरपालिका धाइरहेको छु।” हावाहुरीले जस्तापातासहित छानो छाउन प्रयोग गरिएका काठसमेत भाँचेको छ।

सो विद्यालयका दुईवटा भवनमध्ये बालविकास कक्षा र कार्यालय भवन रहेको दुईकोठे भवन मात्रै सुरक्षित छ। पानी परेको बेला चौरमा पढिरहेका विद्यार्थी बालविकास कक्षा र कार्यालयमा आएर ओत लाग्ने गरेका छन्। कमलामाई नगरपालिकाका कतिपय विद्यालयमा आधुनिक शैलीका पक्की भवन निर्माण भइरहेका छन् तर २०४४ सालमा स्थापना भएको यो विद्यालय ढुङ्गा माटोको गारोबाट निर्माण गरिएकाले जीर्ण छ। गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै