सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दाहसंस्कारपछि कोरोना पुष्टि, मलामी खोज्दै सरकार

२०७७ जेठ २५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी सुरु गरिएको छ ।

धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो ।

शनिबार ती महिलामा कोरोना पुष्टि भएको हो । उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाण्डौंमा डायलसिस गराउँदै आएको खुलेको छ ।

मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको हो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताए । ‘दाहसंस्कारपछि कोरोना संक्रमणको रिपोर्ट आयो,’ उनले भने, ‘त्यति बेलासम्म दाहसंस्कार गरिसकेको रहेछ ।’

उनले मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको बताए । मलामी गएका सबैको स्वाब परीक्षण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिथिलामा ‘लबान’ को लहर

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु