सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पाँच आर्थिक वर्षमा १ हजार ४८३ सैनिकमाथि कारबाही, सबैभन्दा धेरै आचरण उल्लंघनका घटना

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : पछिल्लो पाँच वर्षमा अनुशासन उल्लंघनको आरोपमा एक हजार ४८३ सैनिक कारबाहीमा परेका छन् । नेपाली सेनाभित्र अनुशासन तथा आचरण उल्लंघनदेखि भगौडा, हातपात, सरकारी कागजात हराउने, सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याउने र ठगीजस्ता कसुरमा सैनिकमाथि कारबाही भएको छ । रक्षा मन्त्रालयका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा नेपाली सेनाका एक  हजार ४८३ सैनिक कारबाहीमा परेका हुन् ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले संसद् सचिवालयमार्फत रक्षा मन्त्रालयलाई लिखित रूपमा प्रश्न गरेका थिए । ‘नेपाली सेना भन्नेबित्तिकै अनुशासन र चेन अफ कमान्डभित्र अनुशासित संगठन भनेर बुझिन्छ । तर पछिल्ला वर्षमा त्यही अनुशासित संगठन नेपाली सेनाभित्र पनि अनुशासनहीनता बढ्दै गएको छ भन्ने सुनिन्छ । के यो सत्य हो ?’ राईको प्रश्न थियो, ‘तथ्य र तथ्यांकले के भन्छ ? पछिल्लो पाँच आर्थिक वर्षमा (आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म) नेपाली सेनाभित्र कतिजना सैनिक कारबाहीमा परे ? र के कसुरमा उनीहरूमाथि कारबाही गरिएको हो ?’

यो प्रश्नको उत्तर रक्षा मन्त्रालयले संसद् सचिवालयमा पठाएको छ । जसमा ‘श्री सैनिक अभियोजन निर्देशनालयबाट प्राप्त विवरण’ भनेर विभागीय सजाय तथा सैनिक अदालतबाट कारबाहीका लागि सैनिक व्यक्तिविरुद्ध दायर भएका अभियोगपत्रको एकमुष्ट विवरण समेटिएको छ । जसभत्रि अनुशासन तथा आचरण उल्लंलन, हातपात, गयल, भगौडा, सरकारी कागजात हराएको, अवज्ञा, सम्पत्तिमा हानि–नोक्सानी, हतियार तथा अन्य सरसामान हराएको, ठगी, हत्या, झुटा व्यहोरा र कीर्तेजस्ता कसुर उल्लेख छन् ।

रक्षा मन्त्रालयले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७/७९ मा २९९ सैनिकमाथि कारबाही भएको थियो । त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा कारबाहीमा पर्ने सैनिकको संख्या २५१ थियो । आर्थिक वर्ष २०८०/८१ मा २३३ सैनिकमाथि कारबाही भएको देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ३२७ र २०८२/८३ मा ३३३ सैनिक कारबाहीमा परे । तथ्यांकमा पछिल्ला दुई आर्थिक वर्षमा कारबाहीमा पर्ने सैनिकको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८२/८३ मा कारबाहीमा पर्ने सैनिकको संख्या ८२ ले बढी छ ।

सैनिकमाथि विभिन्न प्रकृतिका कसुरमा कारबाही भएको छ । आचरण उल्लंघन पछि भगौडा धेरै छन् । आचरण उल्लंघनमा ६५० कारबाहीमा पर्दा ४०२ जना भगौडा छन् ।

गयल २२८, सम्पत्ति सम्बन्धी कसुरमा ४७, हातपात गर्ने ४३ र निर्देशनको अवज्ञा गर्ने २६ छन् । सरकारी कागजात हराएको आरोपमा १२ जना, सम्पत्ति हानि–नोक्सानीमा नौजना, हतियार तथा अन्य सरसामान हराउने १३ जना, गोलीगठ्ठा हराउने पाँचजना, ढाटछल गर्ने दुईजना र कीर्तेको आरोपमा तीनजना कारबाहीमा परेका छन् । ठगी, हत्या र झुटा व्यहोरा उपलब्ध गराएको कसूरमा एक/एकजना कारबाहीमा परेका छन् ।

नेपाली सेनामा अनुशासन कायम राख्न सैनिक ऐन २०६३, सैनिक सेवा नियमावली २०६९ अनुसार विभागीय सजाय र सैनिक अदालतमार्फत कारबाही  हुने गरेको छ । सामान्य अनुशासनहीनता, आचारसंहिता उल्लंघन वा चेन अफ कमान्डविपरीतका साना त्रुटिमा विभागीय कारबाही हुन्छ । यसमा नसियत दिने, तलब रोक्का गर्ने, बढुवा रोक्का गर्ने वा सेवाबाट हटाउनेसम्मका सजाय हुन सक्छन् ।

सैनिक अदालतले गम्भीर किसिमका सैनिक कसुरहरू हेर्छ । भगौडा हुने, युद्धसम्बन्धी कसुर, हतियार वा सरकारी सम्पत्तिको दुरुपयोग, आदेशको गम्भीर अवहेलनामा सैनिक अदालतबाट कारबाही हुन्छ ।

सैनिक अदालतले कसुरको प्रकृति हेरी कैद, जरिवाना वा कोर्ट मार्सलद्वारा सेवाबाट बर्खास्त गर्नेसम्मको सजाय तोक्न सक्छ ।

सैनिक आचारसंहिताअन्तर्गत अनुशासनलाई कडाइका साथ पालना गराउन नेपाली सेनाले सैनिक आचारसंहिता २०७६ लागू गरेको छ । यसले सेवारत तथा अवकाशप्राप्त सैनिकहरूका लागि आचरणसम्बन्धी नियम तय गरेको छ । जसको उल्लंघन गरे कारबाहीमा पर्न सक्छन् । मध्यान्ह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै