सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, ६ मङ्सिर (रासस/एएफपी) :इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताउनुभएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार प्रकाशित ‘इरान डेली’सँगको अन्तर्वार्तामा उहाँले आणविक नीतिमा परिवर्तन गर्ने विषय व्यापक र गम्भीर बहसको विषय बनेको बताउनुभयो ।

“इरानको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस पनि विपक्षमा छन्,” अराघचीले भन्नुभयो । चीन र रुस दुवैको इरानसँग रणनीतिक सहकार्यसम्बन्धी सम्झौता रहेको छ ।

उहाँले अहिलेसम्म इरानको आणविक नीतिमा कुनै परिवर्तन नभएको र यससम्बन्धी आधिकारिक धारणा पहिले जस्तै कायम रहेको स्पष्ट पार्नुभयो ।

इजरायल र अमेरिकासँगको युद्धका क्रममा इरानका आणविक केन्द्रहरूमा आक्रमण भएपछि त्यहाँको राजनीतिक वृत्तमा आणविक नीतिमा परिवर्तन गर्नुपर्ने बहस पुनः चर्किएको छ। विशेषगरी कट्टरपन्थी समूहका नेताहरूले आणविक नीतिमा परिवर्तनको माग गर्दै आएका छन् ।

नीति परिवर्तनका पक्षधरहरूले आणविक हतियार विकास गर्ने बाटो खुला भएमा त्यसले इरानको प्रतिरोधात्मक क्षमता बलियो बनाउने तर्क गर्दै आएका छन् ।

यसैबीच, इरानले सुरक्षा चुनौती देखाउँदै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई आफ्ना आणविक केन्द्रहरूको निरीक्षण गर्न रोक लगाएको छ । अमेरिकाले र इजरायलले गरेका आक्रमणको निन्दा गर्न एजेन्सी असफल भएको आरोप पनि इरानले लगाउँदै आएको छ ।

गत साता संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले इरानलाई आफ्ना प्रमुख आणविक केन्द्रहरूमा निरीक्षकलाई पुनः प्रवेश दिन क्रमिक कदम चाल्न आग्रह गरेको थियो । त्यस्तो पहुँच अत्यन्त महत्त्वपूर्ण रहेको एजेन्सीको भनाइ थियो ।

इरानी अधिकारीहरूले सामूहिक विनाशका हतियार, विशेषगरी आणविक हतियार विकास गर्न निषेध गर्ने पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको धार्मिक आदेश (फतवा) लाई आफ्नो नीतिको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

अराघचीले आणविक नीतिलाई यथावत् राख्नुपर्ने र परिवर्तन गर्नुपर्ने दुवै पक्षका आ–आफ्नै तर्क तथा आधार रहेको बताउनुभयो ।

गत फेब्रुअरी २८ मा तेहरानस्थित आफ्नो निवासमा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा खामेनी मारिनुभएको थियो। त्यसपछि इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेसँगै क्षेत्रीय युद्ध चर्किएको थियो ।

उहाँका छोरा मोज्तबा खामेनी मार्चमा नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त हुनुभएको भए पनि त्यसयता सार्वजनिक रूपमा देखिनुभएको छैन। उहाँले आफ्ना पिताको आणविक हतियार विकास नगर्ने धार्मिक आदेश उल्ट्याउने कुनै नयाँ निर्णयसमेत जारी गर्नुभएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो