सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क, ६ मङ्सिर (रासस/एपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताउनुभएको छ । यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव संसद्का दुवै सदनमा डेमोक्रेटको नेतृत्व कायम हुने भएपछि अघि बढ्ने उहाँको अपेक्षा छ ।

शनिबार फक्स न्युजसँग कुरा गर्दै उहाँले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको बताउनुभयो । न्युयोर्क फेडरल रिजर्भका अनुसार क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ ।

सिनेटर एलिजाबेथ वारेन, प्रतिनिधि म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीलगायतले पनि ब्याजदर सीमित गर्ने प्रस्तावलाई समर्थन गर्नुभएको छ । तर, बैंक तथा कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोकिए कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकलाई कार्ड उपलब्ध गराउन कठिन हुने तथा पुरस्कार र सुविधा कटौती गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं डलर बचत गर्न सक्नेछन् । यसले क्रेडिट कार्ड उद्योगको नाफामा असर पारे पनि उद्योग घाटामा नजाने उनीहरूको निष्कर्ष छ ।

उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो र उनीहरूले ब्याजबापत एक खर्ब ६० अर्ब अमेरिकी डलर तिरेका थिए । न्युयोर्क फेडरल रिजर्भका अनुसार गत वर्षको तेस्रो त्रैमासिकसम्म अमेरिकीहरूको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको थियो, जुन हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता