सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पेरिस, ६ मङ्सिर (रासस/एपी) :फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले महिलाको महिनावारी चक्र र प्रजनन स्वास्थ्यमा असर पारेको आशङ्कापछि यसको प्रयोग रोक्न तथा स्वतन्त्र अनुसन्धान गर्न माग उठेको छ । तर, वैज्ञानिक अध्ययनले अश्रुग्यास र प्रजनन स्वास्थ्य समस्याबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गरिसकेको छैन ।

जीवनयापनको बढ्दो खर्चविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनमा अश्रुग्यास प्रयोग भएपछि केही महिलाले पेट दुख्ने, अनियमित रक्तस्राव हुने र महिनावारी चक्रमा परिवर्तन आएको बताएका छन् । ‘ल्याक्रिमोस डे साङ’ अभियान समूहले यससम्बन्धी १० हजारभन्दा बढी उजुरी सङ्कलन गरेको जनाएको छ । यद्यपि, ती विवरण स्वतन्त्र चिकित्सकीय समीक्षाबाट पुष्टि भएका छैनन् ।

फ्रान्सेली प्रहरीले प्रयोग गर्ने सीएस रसायनयुक्त अश्रुग्यासले आँखा, छाला र श्वासप्रश्वास प्रणालीमा जलन गराउँछ । यसको सम्पर्कमा प्रदर्शनकारीसँगै बालबालिका, गर्भवती, वृद्धवृद्धा र प्रदर्शनस्थल आसपासका सर्वसाधारण पनि पर्न सक्छन् ।

सन् २०२० को अमेरिकाको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनमा अश्रुग्यास प्रयोगबारे एपीले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावसम्बन्धी अध्ययन र निगरानी सीमित रहेको देखाएको थियो । त्यसपछिको एक अध्ययनले अश्रुग्यासको सम्पर्क र प्रजनन स्वास्थ्यमा प्रतिकूल असरबीच सम्भावित सम्बन्ध देखाए पनि कारणात्मक सम्बन्ध पुष्टि गर्न सकेन । अध्ययनकी प्रमुख लेखिका आशा हसनले महिलाको महिनावारी तथा प्रजनन स्वास्थ्यमा पर्ने प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले भने अश्रुग्यासलाई भीड नियन्त्रणका लागि आवश्यक साधन भन्दै यसको प्रयोग रोक्ने माग अस्वीकार गर्नुभएको छ । गृह मन्त्रालयले प्रकाशित कुनै पनि वैज्ञानिक अध्ययनले सीएसका कारण महिनावारीमा परिवर्तन वा गर्भपतन हुने पुष्टि नगरेको जनाएको छ । अधिकांश असर केही घण्टामै हराउने भए पनि केही लक्षण लामो समय रहन सक्ने मन्त्रालयले स्वीकार गरेको छ ।

मन्त्रालयले सन् २०२१ र २०२२ मा अश्रुग्यासको सम्पर्कबाट पर्ने प्रभावबारे अध्ययन गरेको जनाएको छ । तर, ती अध्ययनका प्रतिवेदन उपलब्ध गराउन एपीले गरेको अनुरोधको जवाफ दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता