सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ मङ्सिरः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना छन् ।

त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन् । विभिन्न सवारी नियम पालना नगर्ने २७९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुमाथि नियमअनुसार जरिवानासहितको कारबाही गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।

सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुसहित सबैको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

घोप्टेभिरमा पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

गण्डकी परिक्रमा महोत्सव आजदेखि

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ