सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ मङ्सिर ः मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो । छलफलमा वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग भएको सम्झौता तथा चिकित्सा शिक्षा सुधारका विषयमा भएको सम्झौताका कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा उठेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।

चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आयोगलगायत सम्बन्धित संस्थाहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा अग्रवालले सम्झौता कार्यान्वयनसँगै मेडिकल शिक्षालाई सुदृढ, गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा नतिजा समयमै सार्वजनिक गर्नेलगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो । बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने दिशामा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजनीतिक भागबन्डा तोड्दै मध्यपश्चिम विश्वविद्यालयमा ९ पदमा खुला प्रतिस्पर्धा

प्याब्सन काठमाडौंका सदस्य विद्यालयमा कक्षा १० को परीक्षा मङ्सिर २४ देखि

त्रिवि शिक्षाशास्त्र संकायमा भर्ना खुल्यो, मङ्सिर २९ सम्म आवेदन दिन सकिने

विद्यालयलाई बस खरिद गर्न समुदाय जुट्दै

सांग्रिला बैंकले चेपाङ विद्यालयका विद्यार्थीलाई बाँड्यो ट्र्याकसुट र शैक्षिक सामग्री

नेपाल खुला विश्वविद्यालयमा एमबिए र एमएसडिएमजि अध्ययनका लागि भर्ना खुल्यो

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको निर्देशन

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा