सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सूर्योदयका सात स्थानमा सशस्त्र प्रहरीको कारबाही, १६ लाखभन्दा बढीको सामान बरामद

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को मङ्सिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।

सो अवधिमा गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ , जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो स्याउ , २० कार्टुन मदिराजन्य पदार्थ , जुत्ता चप्पल , ५ सय ७० किलो फर्सीको बियाँ लगायतका सामान तथा चौपाया रहेका छन् ।

उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलिले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।

मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट काम गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुलमपती पनि हुन् । उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विदेशी मुद्रासहित दुई जना पक्राउ

लागुऔषधसहित २७ जना पक्राउ

३८४ किलो नक्कली महसहित एक पक्राउ

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई कारबाही

श्रीमतीको हत्या आरोपी श्रीमान् २४ दिनपछि पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

१० लाख २७ हजार मूल्य बराबरका चार्जर र हेडफोन बरामद

अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

चोरीको माइक्रोबससहित दुई जना पक्राउ