सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, १२ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो ।

मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५÷८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी आयोजनाको कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कूल रु चार अर्ब ५२ करोड लागत रहेको यस आयोजना रुपातालको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको छ । रुपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमूना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड छ । यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उहाँले बताउनुभयो । प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत गण्डकी प्रदेशका ताल तथा जलाशयहरूको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल गर्नुभएको थियो । दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा कुराकानी भएको थियो ।

यस्तै मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिनुभएको छ । अनुगमनका क्रममा उहाँले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे जानकारी लिनुभएको थियो ।

हिउँदमा आन्तरिक उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाउँदै विद्युत आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिनुभएको थियो ।

विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यकः मुख्यमन्त्री थापामगर

एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित