सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीमाथि संशय

२०८० चैत्र १६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन एकाएक भत्काएर नयाँ गठबन्धन बनाए । गत फागुन २१ मा गठबन्धन टुटाएपछि कांग्रेससँग बोलचाल नै लगभग बन्द थियो ।

तर तीन सातामै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा झन्डै एक घण्टा छलफल भएको खबर आएको छ ।

दुई दिनपछि फेरि दुई नेताबीच भेटवार्ता भयो । प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष बनाउने बचन दिएकै कारण राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका थिए । आफूलाई दिएको बचन पूरा नगरी गठबन्धन नै भत्काएकामा सिटौलासमेत प्रचण्डसँग आक्रोशित छन् ।

पछिल्लो समय प्रचण्ड र देउवालाई भेट गराउने वातावरण बनाउन भने उनै सिटौला सक्रिय भए । सिटौला त्यस्ता व्यक्ति हुन्, जो माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा निकै सक्रिय थिए । फरक दलै नै किन नहोस्, सिटौला प्रचण्डका समेत विश्वासिला पात्र हुन् । यसैले पनि हुन सक्छ, राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डले सिटौलालाई बचन दिएका ।

देउवा र दाहालबीच भएको भेटका विषयमा विभिन्न अड्कल गरिँदै छ । एकातिर प्रदेश सरकारको नेतृत्वको हानथाप छ, अर्कातिर नयाँ सरकार बनेकै दिनदेखि सत्ताको एउटा मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कांग्रेसले कडा प्रश्न तेर्स्याइरहेको छ ।

यही बीचमा समाजवादी मोर्चामा आउन प्रचण्डले गरेको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । यी घटनाक्रमका बीच नयाँ गठबन्धनको भविष्य नै अन्योलमा परेको छ । प्रचण्डले देशको राजनीतिलाई कता लैजान खोजेका हुन्, चासोको विषय बनेको छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिंहदरबार प्रवेशका लागि इगेट पास

साउदीमा महिलामाथी दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय

पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

स्थानीय तहमा बेमौसमी सरुवा

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात

शिक्षकको दलीय आबद्धता खोज्दै शिक्षा मन्त्रालय

पानी नपर्दा सुक्न थाल्यो चैते धान

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

संकटमा सुदूरपश्चिम प्रदेश सरकार

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?