सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल कहाँ-कहाँ ?

२०७८ माघ १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।
प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुँदै छ ।

निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेश १ मा दुई वटा मतदानस्थल र अन्य ६ प्रदेशमा एक एक वटा मतदानस्थलभित्र दुई दुई वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको छ ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।

यसैगरी, प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ ।

निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् । जसमा प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १४९३ रहेका छन् ।गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभामुखविरुद्ध कांग्रेस

नवनिर्वाचित सांसद सुहाङले आज सपथ ग्रहण गर्ने

सहकारीको बेथिति समस्या सातै प्रदेशमा

कर्मचारीको तलब समायोजन गर्न ‘लबिङ’

संसदीय छानबिन समिति नाममा किन तर्सिरहेछन् गृहमन्त्री लामिछाने ?

मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड,को हट्दैछ, को मन्त्री बन्दैछन् ?

सिआइबी निगरानीमा १० पूर्वमहानिर्देशक

जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने

जनता समाजवादीलाई दलको मान्यता

घट्यो पेट्रोलियम पदार्थको खपत

सत्ता टिकाउन सत्ताधारीकै जालझेल

कुलेखानी जलाशयमा पानी मौज्दात घट्यो