सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हत्याको सजाय भोगिरहेका कैदी मोटाएपछि रिहा !

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुषलाई रिहा गरिएको छ ।

जेलमा कैदीहरुलाई दिइने खानेकुराले तौल घटाउने अवस्था नभएपछि डिमिट्री फ्रिकानो नामक गरेका ती पुरुषलाई रिहा गरिएको  समाचारमा उल्लेख छ ।

सन् २०१७ मा डिमिट्री फ्रिकानो र उनकी प्रेमिका एरिका सार्दिनिया घुम्न गएको बेलामा दुई जनाबीच झगडा भयो । झगडाले ठूलै रुप लिएपछि उनले एरिकाको हत्या गरे । शुरुमा भने डिमिट्रीले लुटेराहरुले लुटपाटका क्रममा प्रेमिकालाई मारेको प्रहरीलाई बताएका थिए ।

अनुसन्धानका क्रममा उनले नै ५७ पटक चक्कु घोपेर प्रेमिकालाई मारेको थाहा भयो । झगडाको बिउ भने खाने बेलामा पाउरोटीको टुक्रा ओछ्यानभरि छरिनु थियो । २ वर्षपछि मुद्दाको पेशी शुरु भयो । तर कोरोना भाइरसको महामारीका कारण पेशीमा ढिलाई हुँदा सन् २०२२ मा मात्रै डिमिट्रीलाई ३० वर्षको जेल सजाय सुनाइयो । जेलमा उनी डरै लाग्ने गरी मोटाउँदै गए । जेलको खानाले उनको तौल घटाउनै नसकेपछि उनलाई यही जेलबाट रिहा गरियो ।

काराबासको सजाय पाएको बेलामा डिभिट्रीको तौल १२० केजी थियो । अर्को १२ महीनामा उनी मोटाएर २०० केजी पुगे । तौल यो स्तरमा पुग्नु भनेको मुटुको रोगको जोखिम उच्च हुनु हो । डिमिट्री मोटाएर यति भिमकाय भएका थिए कि वैशाखी वा ह्विलचेयरको साहायता बिना उनी जेलमा यताउति गर्न पनि सक्दैनथे । जेलमा लो क्यालोरी भएको भोजन असम्भव भएको अनि मोटोपना र जति बेला पनि चुरोट खाइरहने बानीका कारण मृत्युको जोखिम उच्च भएको भन्दै उनलाई जेलमुक्त गरिएको जनाइएको छ ।

डिमिट्रीको बाँकी कारावासको सजाय घरमै नजरबन्द रहेर पूरा गर्नेछन् । स्थितिमा सुधार आयो भने उनी जेलमा फर्किन पनि सक्छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

पानीबारे २५ रोचक तथ्य

स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना

चिकित्सकलाई मात्रै जोडी जुराइदिने वेबसाइट

सबैभन्दा पहिलो दिपावली ५ हजार बर्ष अगाडी पाकिस्तानी भुमीमा

अनौठो शल्यक्रियाः बिग्रिएको थियो फोक्सो तर डाक्टरले स्तन प्रत्यारोपण गरेर ज्यान बचाएँ

विश्वकै विशाल गुफा ‘हाङ सोन डोङ्ग’का आश्चर्यजनक तथ्यहरू

बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ

बच्चालाई मन पर्छ यी डिजाइनका वालपेपर

प्रेरक प्रसंग: अहंकार दुःखको स्रोत