सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ९ मङ्सिर (रासस/एएनआई) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताउनुभएको छ । तर, कङ्ग्रेसमा डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाहीमा अवरोध आउन सक्ने र आफूले ‘पूर्ण विजय’ भनेको उपलब्धि पराजयमा बदलिन सक्ने चेतावनी उहाँले दिनुभएको छ ।

‘न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गर्नुभएको हो । डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिएर प्रशासनको सैन्य उद्देश्य हासिल गर्ने क्षमतामा सीमा लगाउन सक्ने उहाँको भनाइ छ ।

ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु सैन्य अभियानको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । तेहरानमा शासन परिवर्तन आफ्नो प्रमुख लक्ष्य नभएको उल्लेख गर्दै उहाँले कूटनीतिक समाधानलाई प्राथमिकता दिने बताउनुभयो । शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरानसँग हुने कुनै पनि सम्झौता स्थायी हुनुपर्ने र त्यसले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताउनुभएको थियो ।

इरानको वरिष्ठ नेतृत्वमाथि भएको आक्रमणलाई महत्त्वपूर्ण घटनाक्रमका रूपमा उल्लेख गर्दै उहाँले नयाँ नेतृत्वलाई पहिलेभन्दा बढी तर्कसङ्गत भने पनि वार्ताप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाउनुभयो । इरानले विगतमा सम्झौता गरेर पछि उल्लङ्घन गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

चीन भ्रमणपछि शुक्रबार बोल्दै ट्रम्पले इरानले दशकौँदेखि अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पारेको आरोप लगाउनुभएको थियो । वासिङ्टनले वास्तविक सम्झौता चाहेको उल्लेख गर्दै उहाँले इरानले ५१ वर्षदेखि नक्कली सम्झौताको अभ्यास गर्दै आएको टिप्पणी गर्नुभयो । इरानसँगको सम्झौताको स्वरूपले पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित पार्न सक्ने उहाँको भनाइ थियो ।

ट्रम्पले द्वन्द्वका क्रममा भएको क्षतिको लागतसमेत इरानले व्यहोर्नुपर्ने तर्क गर्नुभएको छ । यसैबीच, पश्चिम एसियामा तनाव जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानविरुद्ध थप सैन्य कारबाही गर्न अमेरिकी प्रशासनलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक