सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

क्वालालम्पुर, ९ मङ्सिर (रासस/एएफपी): युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले कानूनी दायित्व र इजाजतपत्रका सर्त पालना नगरेको भन्दै दुई छुट्टाछुट्टै मुद्दा अघि बढाएको जनाएको छ ।

आयोगका अनुसार पहिलो मुद्दा जुवा, अनलाइन ठगी र धोखाधडीसहित हजारौँ हानिकारक सामग्री हटाउन युट्युबले पर्याप्त कारबाही नगरेको विषयसँग सम्बन्धित छ । आयोगले यस वर्ष जनवरी १ देखि अक्टोबर २८ सम्म युट्युबमा रहेका सामग्रीबारे ७३ हजार ७०३ वटा उजुरी दिएको थियो । तीमध्ये अधिकांश अनलाइन जुवासम्बन्धी थिए ।

आयोगका अनुसार जुवासम्बन्धी उजुरीमध्ये चार हजार ९५० वटामा कुनै प्रतिक्रिया प्राप्त भएन भने थप ३५ वटामा सामग्री हटाउने वा जवाफ दिने प्रक्रियामा ९० दिनभन्दा बढी समय लागेको थियो । त्यस्तै, एक हजार ४६८ उजुरीमा कारबाहीका लागि ३० दिनभन्दा बढी समय लागेको थियो । यस्ता तथ्याङ्कले युट्युबमा हानिकारक सामग्रीको मात्रा र त्यसलाई हटाउन भइरहेको ढिलाइ देखाउने आयोगले जनाएको छ ।

दोस्रो मुद्दा भने मलेसियाली एक ब्लगरले युट्युबमा राखेको कथित मानहानिकारक तथा झुटो सामग्री आयोगमा उजुरी परेपछि पनि नहटाएको विषयमा केन्द्रित छ । यसबारे प्रतिक्रिया लिन खोज्दा गुगल तत्काल उपलब्ध हुन सकेन ।

गुगलले सन् २०२४ मा घोषणा गरेको दुई अर्ब अमेरिकी डलरको लगानी विस्तार गर्दै आगामी दुई वर्षमा मलेसियामा १५ अर्ब अमेरिकी डलर लगानी गरी डेटा सेन्टर तथा अन्य पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गरेको तीन सातापछि मुद्दा दायर भएको हो ।

दक्षिणपूर्वी एसियामा डेटा सेन्टर निर्माणका लागि मलेसिया तीव्र गतिमा विकसित भइरहेको केन्द्रका रूपमा देखिएको छ । यस्ता केन्द्रमा रहेका सर्भरले च्याटबोट र तस्बिर निर्माण गर्ने प्रणालीलगायत कृत्रिम बौद्धिकतासम्बन्धी उपकरणको प्रशिक्षण र सञ्चालनमा सहयोग गर्छन् ।

मलेसियाले यसअघि टिकटकसहित अन्य प्रमुख सामाजिक सञ्जालमाथि पनि अत्यन्त आपत्तिजनक सामग्री हटाउन असफल भएको आरोप लगाउँदै कारबाही अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक