सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बैङ्कक, १० मङ्सिर (रासस/एपी) : थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो । बैङ्कक महानगर प्रशासनले त्यसको एक घण्टाभन्दा कम समयमा आगो नियन्त्रणमा लिइएको जानकारी दिएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा बैङ्ककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ । प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बङ्गचाक कर्पोरेसनले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

दैनिक एक लाख २० हजार ब्यारेल प्रशोधन क्षमता रहेको उक्त केन्द्र थाइल्यान्डको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र हो । सहरी क्षेत्रमा अवस्थित यो देशकै एक मात्र प्रमुख प्रशोधन केन्द्र रहेको बताइएको छ ।

यसअघि सन् २०१२ को जुलाईमा पनि उक्त केन्द्रमा विस्फोट र आगलागी भएको थियो । त्यस घटनाले नजिकैको आवासीय क्षेत्रमा क्षति पुर्‍याएको थियो भने प्रशोधन केन्द्रको मर्मत गर्न दुई साता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

अस्ट्रेलियाको टापुमा डढेलो, घरहरू नष्ट

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने