सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रूसद्वारा नयाँ आणविक पनडुब्बी सार्वजनिक

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, १२ मङ्सिर (रासस/एएफपी): रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नयाँ आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सार्वजनिक गर्दै रूसले सन् २०३० सम्म देशको आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सेवालाई थप पाँच वटा थप्नेछ बताएको छ ।

क्रेमलिनले सार्वजनिक गरेको भिडियोमार्फत् यो जानकारी गराइएको हो । उत्तरपश्चिमी शहर सेभेरोद्विन्स्कको सेभ्माश शिपयार्डमा राष्ट्रपति पुटिनले ‘पर्म’ पनडुब्बीको अनावरण गर्ने समारोहमा सरीक हुनुभएको थियो ।

अनावरणले नौसेनामा यसको औपचारिक हस्तान्तरणलाई सङ्केत गर्छ ।

उहाँले भन्नुभयो, “रूस यस्तो शक्तिशाली आणविक पनडुब्बी निर्माण गर्न सक्ने विश्वका थोरै देशहरूमध्ये एक हो । यी हतियारहरूको विश्वव्यापी पहुँच र महत्व छ।”

आणविक ऊर्जाबाट चल्ने पनडुब्बीहरू रुसको आणविक प्रतिरोध क्षमताको महत्वपूर्ण हिस्सा हुन् किनभने पानीमुनि गोप्य रूपमा सञ्चालन गर्न सक्ने क्षमताले आक्रमण भएमा शत्रुविरूद्ध जवाफी आक्रमण सुनिश्चित गर्छ ।

रूसी नेता पुटिनले भन्नुभयो, “नौसेनाले सन् २०३० सम्म थप पाँच वटा यस्ता े पनडुब्बीहरू प्राप्त गर्नेछ, जसमा तीन वटा यासेन–एम वर्गका हुनेछन्।

पर्म पनि यही वर्गको हो। यी पनडुब्बीहरू क्रुज मिसाइलहरूको भार बोकेर ‘विश्वका महासागरका कुनै पनि भाग’ मा चल्न सक्छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

केन्यामा धार्मिक नेतासहित ३० जना अनुयायीको हत्यामा दोषी

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

नेतान्याहुद्वारा आइसेनकोटलाई प्रधानमन्त्री पद प्रस्तावको तयारी

भियतनाममा थप ६ अपराधका लागि मृत्युदण्ड खारेज, ४४ बाट घटेर ४ मा सीमित

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह