सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाम बिच, संयुक्त राज्य अमेरिका, ११ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँदै उनीहरू इरानसँग कम संलग्न रहेको बताउनुभएको छ।

तेहरानका सहयोगीहरूले अमेरिकी सैन्य अड्डाहरूलाई निसाना बनाउन मद्दत गरेको रिपोर्टहरू आएका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले फ्लोरिडाको आफ्नो मार–ए–लागो रिसोर्टमा पत्रकारहरूसँग संक्षिप्त प्रेस सम्मेलन गर्दै भन्नुभयो, “मैले हालै चिनियाँ समकक्षी सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनसँग गरेको त्रिपक्षीय बैठकमा इरान द्वन्द्वको बारेमा छलफल भएको थियो।

उहाँले भन्नुभयो, “राष्ट्रपति सीसँगको मेरो बैठक अद्भुत थियो। मलाई लाग्छ उनीहरू इरानसँग धेरै कम संलग्न छन्।”

ट्रम्पले भन्नुभयो, “उनीहरू संलग्न हुन सक्छन्, तर हाम्रो लागि संलग्नता भनेको आक्रमण गर्नु होे, सानो जानकारी दिनु होइन। हामी पनि त्यही गर्छौं।”

“उनीहरूले हामीमाथि जासुसी गरिरहेका हुन सक्छन् भन्छन्, हामी पनि उनीहरूमाथि जासुसी गर्छौं,” उहाँले थप्नुभयो ।

रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भन्नुभयो, “उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन ।”

उहाँले भन्नुभयो, “दुवै देशले इरानसँगको द्वन्द्व सकियोस् भन्ने चाहना राखेको र ‘त्यस सन्दर्भमा उनीहरूले मलाई सहयोग गरिरहेका छन्’।”

मध्यपूर्वको द्वन्द्वमा चीन, रूस र उत्तर कोरिया प्रत्यक्ष वा परोक्षरूपमा इरानका प्रमुख सहयोगी रहेको भन्ने आरोप लाग्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा