सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ब्रासिलिया, ११ मङ्सिर (रासस/एएफपी): ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आफ्नो आगामी कार्यकालका लागि निजी बैंकिङ क्षेत्रका कार्यकारी लुइज कार्लोस ट्राबुकोलाई अर्थमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार ट्राबुकोलाई अर्थमन्त्री नियुक्त गरिएको जनाएको छ । उहाँ राष्ट्रपति लुलाको नयाँ कार्यकाल सम्हाल्ने पहिलो मन्त्री हुनुभएको छ ।

लुलाले अक्टोबरमा आश्चर्यजनक रूपमा चुनाव जितेपछि शेयर बजार खस्किएको थियो भने राष्ट्रिय मुद्रा रियल कमजोर बनेको थियो ।
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा व्यापारिक समुदायलाई आश्वस्त पार्न ब्रडेस्को बैङ्कका बोर्ड अध्यक्ष ट्राबुकोलाई अर्थमन्त्रीमा नियुक्ति गरिएको हो ।

“ट्राबुकोले राष्ट्रपति लुला दा सिल्भाको निमन्त्रणा स्वीकार गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी लिन सहमत हुनुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा जनाएको छ ।

बैङ्करले ब्राजिलका नेतासँग दिउँसोको बैठकमा यो पद स्वीकार गरेको उल्लेख गरिएको छ । लुलाले जनवरीमा आफ्नो चौथो कार्यकाल सुरु गर्नुहुनेछ ।

उहाँले नयाँ कार्यकालका लागि एकजना मात्र मन्त्रीको नाम घोषणा गर्नुभएको छ । ब्रडेस्को ब्राजिलका सबैभन्दा ठूला निजी बैङ्कहरूमध्ये एक हो ।

आधिकारिक घोषणाअघि ट्राबुकोको नयाँ जिम्मेवारीबारे चलेका हल्लाहरूले बजारमा विश्वास फर्काएको देखिन्थ्यो । बिहीबार साओ पाउलो स्टक एक्सचेन्ज बन्द हुँदासम्म स्टक बजार छ प्रतिशतले बढेको थियो । राष्ट्रिय मुद्रा पनि मङ्गलबार छोटो समयका लागि एक डलर बराबर छ रेइसको प्रतीकात्मक सीमा नाघेपछि फेरि बलियो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा