सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन,१२ मङ्सिर (रासस/एपी) :इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो ।

अमेरिकी सेनाका अनुसार बिहीबार सैन्य विमानबाट पलाउको झण्डा बोकेको ‘एमभी प्यासिफिक आर्चर’ जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरिएको थियो । प्रहारपछि जहाजको इन्जिन तथा सञ्चालन प्रणाली निष्क्रिय भएको र त्यसमा सवार सर्वसाधारण चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ ।

सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरगाहबाट निस्किएपछि अमेरिकी नाकाबन्दी उल्लंघन गर्दै अघि बढ्ने प्रयासमा थियो । जहाज ट्र्याकिङ वेबसाइटहरूले यसको गन्तव्य सिंगापुर रहेको देखाएका छन् ।

यसैबीच, इरानी नौसेनाका प्रमुख शाहराम इरानीले शुक्रबार सरकारी टेलिभिजनमार्फत अमेरिकी नाकाबन्दी तोड्ने र क्षेत्रीय जलक्षेत्रबाट शत्रुलाई हटाउने उद्देश्यले अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

अमेरिकाले गत अप्रिलदेखि इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाउँदै आएको छ । तेहरानसँगको वार्ताका क्रममा गर्मीयाममा केही समय हटाइएको नाकाबन्दी जुलाईमा पुनः लागू गरिएको थियो ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दी पुनः सुरु भएयता १५८ व्यापारिक जहाजलाई बाटो परिवर्तन गराइएको छ । प्यासिफिक आर्चर यस नाकाबन्दीअन्तर्गत निष्क्रिय बनाइएको कम्तीमा १५औँ जहाज हो । यसअघि नोभेम्बर ७ मा अर्को जहाजलाई निष्क्रिय बनाइएको थियो ।

यस घटनाले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने चिन्ता थपिएको छ । यसअघि जुनमा अमेरिकी सैन्य कारबाहीमा गिनी–बिसाउको झण्डा बोकेको एक ट्यांकरका तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केन्यामा धार्मिक नेतासहित ३० जना अनुयायीको हत्यामा दोषी

रूसद्वारा नयाँ आणविक पनडुब्बी सार्वजनिक

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

नेतान्याहुद्वारा आइसेनकोटलाई प्रधानमन्त्री पद प्रस्तावको तयारी

भियतनाममा थप ६ अपराधका लागि मृत्युदण्ड खारेज, ४४ बाट घटेर ४ मा सीमित

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह