सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, मङ्सिर १२ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्म बमोजिम सञ्चालन हुने बताउनुभएको छ ।

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्ण तयारीबारे आज राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस दुई वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा भए पनि २२ विधाका खेल सुर्खेतमै भएको बताउनुभयो ।

कर्णाली प्रदेश रङ्गशाला हुँदाहुँदै फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा किन भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, “सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु । सङ्घीयताको मर्म बमोजिम जसरी कर्णालीवासीको खुसीको लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा भयो । त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्ने न्यायिक निर्णय भएको हो । महिला फुटबलको सेमिफाइनल र फाइनल खेल त प्रदेश रङ्गशालामा हुँदैछ ।”

मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेला मानिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई सफल बनाउन कर्णालीवासी लगायत सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । मङ्सिर १६ गते आयोजना हुने प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाह गर्ने उहाँले जानकारी दिनुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्नका लागि सघाउन अनुरोध गर्नुभयो ।

उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रङ्गशालालगायत कर्णालीमा आठ विधाका खेल सञ्चालन भएको बताउँदै ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ पूर्ण तयारी भएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता तयारीको थप प्रगतिबारे यही मङ्सिर १५ गते जानकारी गराइनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वकप छनोट प्लेअफ : सन्दीपको कप्तानीमा नेपालले सात खेल खेल्ने

दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

गोल्डकप फुटबल पुस ४ देखि

दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

धरानमा पुस ३ गतेदेखि डिआइजी रनिङ कप

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

एसिया कप राइजिङ स्टार्सबाट नेपाली टोली स्वदेश फर्कियो

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

च्याम्पियन्स लिगमा आर्सनल र डर्टमन्ड १–१ को बराबरीमा रोकिए

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु