सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेयर बिक्रीमा किर्ते र ठगी मुद्दा खेपिरहेका सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री रावलद्वारा राजीनामा

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।

किर्ते र ठगीको मुद्दा खेपिरहेका राज्यमन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष आइतबार राजीनामापत्र बुझाएका हुन् । सत्तारूढ नेकपाको तर्फबाट कञ्चनपुर तीन (क) प्रदेश सभाबाट निर्वाचित रावल गत वर्ष असोजमा राज्यमन्त्री नियुक्त भएका थिए ।

रावलले मुख्यमन्त्री समक्ष बुझाएको राजीनामा आइतबारै स्वीकृत भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ  ।

नेपालमा संघियता लागु भएसँगै प्रदेश सरकार गठन भएपछि पदबाट हट्ने उनी दोस्रो मन्त्री हुन् । एक महिलासँगको अवैध सम्बन्धलाई लिएर प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री दीर्घ सोडारी गत वर्ष २७ कात्तिकमा बर्खास्त भएका थिए ।

जनज्योति बहुमुखी क्याम्पस सञ्चालन गरिरहेको जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै रावलसहित ३६ जनाविरुद्ध गत वर्ष साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ ।

रावलसहित ३६ जनाविरुद्ध १५ करोड ६७ लाखको बिगोदाबीसहित अदालतमा मुद्दा दर्ता

फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो । नेकपा भीमदत्त नगरपालिका सचिवसमेत रहेका तारादत्त जोशीसहित १० जनाले ठगी र किर्ते गरेको अभियोगमा गत वर्ष साउनमा मुद्दा दर्ता गरेका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतोमा नक्कली कागजात बनाई पैसा लिएर सेयर नामसारी गरेको आरोप लगाइएको हो । यही मुद्दाका आधारमा विभागले समेत रावलमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा छानबिन गरिरहेको बताइएको छ । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम

सर्वोच्चमा शक्तिसंघर्षको उत्कर्ष

संसदमा संविधानविपरीत बहस

विभाजनको डिलमा कांग्रेस

सर्वोच्चद्वारा आफ्नै नजिर बदर

गुण्डु संवादपछि विद्या भण्डारीको ‘कमब्याक’

सरकारका निर्णय धमाधम सर्वोच्चबाट उल्टिँदै

निर्वाचनको समीक्षा छल्दै एमाले नेतृत्व

स्थानीय तहको पुनर्संरचना तयारी

सिंहदरबारकै जग्गा अतिक्रमण