काठमाडौं, ८ मंसिर । भारतको अयोध्याबाट करिब एक हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ।जनकपुर रेल्वे स्टेसनमा मंगलबार उनीहरूको स्वागत गरिएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन्।
नयाँदिल्लीस्थित हैदराबाद भवनमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको हरियो झण्डा हल्लाएर उद्घाटन गरेका थिए । लगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथले रेलको शुभारम्भ गरेका थिए ।
अयोध्याबाट आएको सरयु कमला एक्सप्रेस रेलको स्वागतका लागि सयौं स्थानीय भेला भएका थिए । रेल सातामा एक दिन सोमबार अयोध्याबाट जनकपुरधामसम्म सञ्चालन हुने भएको छ ।
