सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

घोराही (दाङ), ८ मङ्सिरः कामदारको अभाव र ज्याला बढ्दै गएपछि यहाँका किसान धान झार्न आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका छन् । जनशक्ति र समयको बचत हुने भएकाले थ्रेसर मेसिनको प्रयोगमा वृद्धि भएको स्थानीय किसानले बताएका छन् ।

घोराही उपमहानगरपालिका–७ का किसान पवन ओलीले पछिल्लो समय स्थानीय युवा वैदेशिक रोजगारीमा जाने र गोरु पाल्न छाडेकाले थ्रेसर मेसिनको प्रयोगले निकै सहज भएको बताउनुभयो । गाउँमा कामदार पाउन मुस्किल हुने र पाइए पनि कामदारको ज्याला महँगो पर्ने उहाँको भनाइ रहेको छ ।

“थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुने र खर्च कम लाग्छ । त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ”, उहाँले भन्नुभयो । सोही स्थानमा अर्का किसान सन्तोष चौधरीले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताउनुभयो ।

गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उहाँको भनाइ छ । थ्रेसर मेसिन सञ्चालक रणबहादुर चौधरी अनुसार मेसिनको प्रयोगले किसानको समय र श्रम बचत हुनुका साथै खर्च कम लाग्ने गरेको छ । उहाँले धान र पराल छुट्याएबापत प्रतिघण्टा रु दुई हजार ३०० बराबरको ज्याला लिने गरेको जानकारी दिनुभयो । जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा ३४ हजार २३३ हेक्टरमा धानखेती हुँदै आएको छ । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको मौसम पूर्वानुमान

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट