सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), ११ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताउनुभएको छ ।

नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताउनुभएको हो । एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उहाँले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ”, उहाँले भन्नुभयो, “एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ । पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ ।”

महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबैले सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन नेता आङ्देम्बे माग

चीन भ्रमण सकेर स्वदेश फर्कियो रास्वपा प्रतिनिधिमण्डल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न सरकारले आदेश दिएपछि केसी आक्रोशित

निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

कांग्रेस केन्द्रीय समिति बैठकमा गगनले भने- प्रधानमन्त्रीले भारत भ्रमणकाे उपलब्धि जानकारी गराउनुपर्छ

बालेनको भारत भ्रमण सफल नभएको एसडी मुनिको दाबी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैँ