सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पारवहन कनेक्टिभिटी सहमतिले कार्गो व्यवसायी उत्साहित

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा भएको भेटवार्ता तथा द्विपक्षीय छलफलमा दुर्ई देशबीच पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका महत्त्वपूर्ण सहमतिलाई नेपाल फ्रेट फरवाडर््स एसोसिएसनले स्वागत गरेको छ । दुर्ई देशबीचको ऐतिहासिक, सामाजिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउँदै व्यापार, पारवहन र यातायात पूर्वाधार विकासमार्फत् आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले भएका उल्लेखित सहमतिहरू नेपालको वैदेशिक व्यापार तथा समग्र आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने एसोसिएसनको विश्वास छ ।

विशेषगरी नेपालको तेस्रो मुलुकसँगको अन्तर्राष्ट्रिय व्यापार थप सहज, प्रतिस्पर्धी र प्रभावकारी बनाउन भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने घोषणाले नेपालको वैदेशिक व्यापारमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । जसबाट नेपाललाई समुद्री बन्दरगाहको विकल्प विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय व्यापारका लागि थप पारवहन मार्ग उपलब्ध हुने र भविष्यमा ढुवानी समय, लागत तथा आपूर्ति व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । जसलाई सञ्चालनमा ल्याउन आवश्यक कार्यविधि तथा पारवहन सन्धिको प्रोटोकल संशोधन तदारुकतासाथ सम्पन्न हुनेमा पनि एसोसिएसनले विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी, प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा तथा नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिले नेपालको दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विकासका लागि महत्त्वपूर्ण आधार तयार गरेको जनाउँदै एसोसिएसनले रेलमार्गको विकास र विस्तारले भविष्यमा ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता घटाउन, ढुवानी लागत न्यूनीकरण गर्न र नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एसोसिएसनका अनुसार काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुर्ईतर्फी बनाउने सहमति पनि हवाई कनेक्टिभिटी विस्तारका दृष्टिले सकारात्मक कदम हो । जसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्पmत् अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सहयोग पुर्‍याउनुका साथै भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि प्रवर्द्धनका लागि समेत अनुकूल वातावरण निर्माण गर्न सक्नेछ ।

उल्लेखित सहमतिहरूको प्रभावकारी कार्यान्वयनले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसरहरू सिर्जना गर्नुका साथै लजिस्टिक्स लागत घटाउन, व्यापार प्रक्रिया सरल बनाउन, निर्यात प्रवर्द्धन गर्न, औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन र वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । जसका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरूले द्विपक्षीय सहमति समयमै व्यवहारमा उतार्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अघि बढाउनुका साथै पारवहनसम्बन्धी विद्यमान प्रक्रिया थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन विशेष पहल गर्नुपर्नेमा पनि एसोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल सम्पर्क, ऊर्जा, व्यापार र पूर्वाधार विकास क्षेत्रमा सहमति भएका थिए । सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा २८ हवाई सम्पर्क विस्तारका लागि हाल एकतर्फीरूपमा सञ्चालनमा रहेको बी-३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुर्ईतर्फी बनाउने सहमतिका साथै नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (कान्डला, गुजरात) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने र आवश्यक पूर्वाधार तयार भएपछि उडिसास्थित पारादीप बन्दरगाहमा पनि पहुँच उपलब्ध गराउने उल्लेख छ । त्यसैगरी प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे (स्थलगत मार्ग निर्धारण सर्वेक्षण) लाई अन्तिम रूप दिइएको र नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने पनि उल्लेख छ । त्यस्तै, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुल उद्घाटन गरिएको छ ।हिमालय टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा

जेनजीका मुद्दा छुट्टै छानबिन गर्न अध्यादेश

चलचित्र क्षेत्रमा विदेशी लगानी खुला गर्ने बहस

भिड नियन्त्रणका लागि शक्तिशाली गण स्थापना गर्दै प्रहरी

भारत भ्रमणको उपलब्धि

जनसम्बन्ध विस्तारमा नयाँ आयाम

सर्वोच्चमा मुद्दाको चाप घटाउन क्षेत्राधिकार कटौतीको प्रस्ताव

बढ्यो घरजग्गा कारोबार

चुनौतीपूर्ण बन्दै साइबर अपराधको जालो

हप्तामै साढे २६ हजारले घट्यो सुन

फर्जी विद्यार्थी प्रकरण ठुला विद्यालय मन्त्रालयको निगरानीमा

वाम एकताको बहस फेरि सतहमा