सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, ८ मङ्सिर (रासस/एपी) :चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नुहुनेछ । उहाँहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नुहुनेछ ।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नुहुनेछ । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उहाँ शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनुहुनेछ ।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसक्नुभएको छ । उहाँ तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नुहुने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु