सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँ दिल्ली, १० मङ्सिर (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।

“भारत र संयुक्त राज्य अमेरिका द्विपक्षीय व्यापार सम्झौताका लागि वार्तामा संलग्न छन्,” नयाँ दिल्लीको वाणिज्य मन्त्रालयले बुधबार साँझ भनेको छ ।

मन्त्रालयले सम्झौताको ‘चाँडो निष्कर्ष’ तर्फ काम गरिरहेको पनि उल्लेख गरेको छ ।

“कुनै पनि व्यापारसम्बन्धी चिन्ताहरू यी वार्ताको ढाँचाभित्र समाधान गर्नुपर्छ भन्ने भारतको अडान रहँदै आएको छ,” वक्तव्यमा थपिएको छ ।

दुई देशले फेब्रुअरीमा अमेरिकी कर घटाउने उद्देश्यले अन्तरिम व्यापार सम्झौता गरेका थिए, तर, केही दिनपछि अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका व्यापक करहरू रद्द गरेपछि सम्झौता कहिले लागू हुने भन्ने अनिश्चितता बढ्यो ।

त्यसयता दुवै पक्ष वार्तामा संलग्न छन् । बुधबार वाशिङ्टनले कथित अतिरिक्त उत्पादनको महिनौँ लामो अनुसन्धानपछि भारतमा १७ प्रतिशतको दर प्रस्ताव गर्‍यो।

“भारत यस अनुसन्धानभरि रचनात्मक रूपमा संलग्न रह्यो,” नयाँ दिल्लीले भनेको छ ।

“जवाफमा वाणिज्य विभागले भनेको छ “भारतसँग कुनै पनि क्षेत्रमा संरचनात्मक अतिरिक्त क्षमता छैन।” नयाँ करहरू लागू हुनुअघि सार्वजनिक टिप्पणीको अवधिबाट गुज्रनुपर्नेछ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले अक्टोबरमा भन्नुभएको थियो, “वार्ता ‘एक स्थिर बिन्दुमा पुगेको छ,’ जसभन्दा अगाडि दिने वा लिने कुरा धेरै नै गाह्रो हुन सक्छ ।”

अमेरिकी विदेशमन्त्री मार्को रुबियो त्यसको केही समयपछि भारत भ्रमणमा आउनुभएको थियो । उहाँ बढी आशावादी हुँदै भन्नुभएको थियो, “दुवै पक्ष ‘सम्झौता कार्यान्वयन नभएको अवस्थामा जति नजिक हुन सकिन्छ, त्यति नै नजिक छन्’।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री