सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ । भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गर्नुभएको छ ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र घरपझोङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा विद्यालयको प्रशासनिक भवन तथा शिक्षक र विद्यार्थीका लागि छात्रावास निर्माण हुन लागेको हो ।

कुल रु १४ करोड ५९ लाख अनुमानित लागत रहेको परियोजनाअन्तर्गत रु ११ करोड ४५ लाखमा अमित बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर जीवनसिंह भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयमा तीनतले शिक्षक आवासीय भवनमा ४५ कोठा, दुईतले विद्यार्थी छात्रावासमा १२ कोठा र दुईतले प्रशासनिक भवनमा १५ कोठा निर्माण गरिनेछ ।

विभिन्न जिल्लाका कठिन परिस्थितिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा आवास तथा आवश्यक भौतिक पूर्वाधारको अभावले पठनपाठनमा समस्या हुँदै आएको थियो ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचन सहभागी हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

जब विद्यार्थीले नमूना विद्यालय हेरे …

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

मंसिर १५ भित्र स्वघोषणा पत्र बुझाउन त्रिवि सम्बन्धन प्राप्त कलेजलाई निर्देशन

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

राजनीतिक भागबन्डा तोड्दै मध्यपश्चिम विश्वविद्यालयमा ९ पदमा खुला प्रतिस्पर्धा

प्याब्सन काठमाडौंका सदस्य विद्यालयमा कक्षा १० को परीक्षा मङ्सिर २४ देखि

त्रिवि शिक्षाशास्त्र संकायमा भर्ना खुल्यो, मङ्सिर २९ सम्म आवेदन दिन सकिने

विद्यालयलाई बस खरिद गर्न समुदाय जुट्दै

सांग्रिला बैंकले चेपाङ विद्यालयका विद्यार्थीलाई बाँड्यो ट्र्याकसुट र शैक्षिक सामग्री

नेपाल खुला विश्वविद्यालयमा एमबिए र एमएसडिएमजि अध्ययनका लागि भर्ना खुल्यो

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको निर्देशन