काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ । दक्ष, योग्य तथा प्रतिबद्ध व्यक्तिहरूबाट आवेदन माग गरिएको पार्टीले जनाएको हो ।
आह्वान गरिएका पदहरूमा भिडियोग्राफर २ जना, भिडियो सम्पादक २ जना, प्रिन्ट डिजाइनर २ जना तथा सामग्री लेखक २ जना रहेका छन् । यसैगरी आवेदक सहयोग अधिकृत ४ जना र अभिलेखीकरण अधिकृत २ जना गरी जम्मा १४ जना जनशक्ति माग गरिएको छ ।
इच्छुक व्यक्तिहरूले २०८३ मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन [email protected] मा पठाउन सकिने जनाइएको छ ।

