सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

छठघाटमा वृद्धको हत्या गरी फरार आरोपी प्रहरीको गोली लागेर पक्राउ

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम। धनुषामा छठघाटमा वृद्धको हत्या गरी फरार रहेका एक आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी जयकुमार यादव रहेका छन्, जो ‘बालक दास’ नामले समेत परिचित रहेको प्रहरीले जनाएको छ।

गत कात्तिक ३० गते बिहान शहीदनगर नगरपालिका–२ स्थित मतौनामा रहेको धनी पोखरीको छठघाटमा पूजासामग्री कुरेर बसेका ६० वर्षीय रामजतन मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट रगतजस्तो देखिने दाग र कपालजस्तो वस्तु लागेको धारिलो हतियारसमेत प्रहरीले बरामद गरेको थियो।

प्रहरी अनुसन्धानबाट पुरानो रिसइबीका कारण यादवले कुटपिट गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। घटनालगत्तै उनी भारततर्फ फरार भएका थिए।

आरोपीको खोजी तीव्र पारेको प्रहरीले शनिबार भारतीय सीमा क्षेत्र जटहीमा लुकिछिपी बसेको विशेष सूचनाका आधारमा टोली परिचालन गरेको थियो। नगराइन नगरपालिका–२ जटहीबाट राघोपुर जाने बाटो हुँदै भारतीय सीमाक्षेत्रमा पुगेर पक्राउ गर्न खोज्दा यादवले पुनः भारततर्फ भाग्ने प्रयास गरेका थिए।

प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिँदा पनि अटेर गरेपछि पेस्तोलबाट एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि भाग्न खोजेपछि थप चार राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको डीएसपी खनालले बताए। हवाई फायरसहित कुल पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।

गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीनवटा गोली लागेको छ। घाइते अवस्थामा नियन्त्रणमा लिइएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न १२१ जना व्यक्तिहरू पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

७ किलो चरेससहित २ जना डोटीमा पक्राउ

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक

वीरगञ्ज क्यासिनोमा प्रहरीको छापा, जुवा खेल्ने र खेलाउने १२ जना नियन्त्रणमा

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

स्रोत नखुलेको रकमसहित तिब्बतीयन नागरिक बौद्धबाट पक्राउ

सूर्योदयका सात स्थानमा सशस्त्र प्रहरीको कारबाही, १६ लाखभन्दा बढीको सामान बरामद